"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

Table of Content

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने भएको छ ।

आउँदो वर्ष हुने आमचुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षा गरिएको बेला अति–दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीले यो योजनाबारे जानकारी दिनुभएको हो ।

मेलानीले हिजो आफ्नो राष्ट्रवादी–रूढिवादी ‘ब्रदर्स अफ इटाली’ (एफडीआई) पार्टीको युवा शाखाको भेलामा प्रस्तावित परिवर्तनहरूबारे जानकारी दिँदै विद्यालय प्रणालीमा घुलमिल हुन गम्भीर कठिनाइ भोगिरहेका विदेशी विद्यार्थीका अभिभावकहरूका लागि इटाली भाषाको कक्षा पनि अनिवार्य गरिने बताउनुभएको समाचार संस्था अलजजीराले जनाएको छ ।

इटाली आएर आफ्नो भविष्य निर्माण गर्न चाहने जो कोहीले पनि यहाँको भाषा सिक्नुपर्ने, संस्कृति बुझ्नुपर्ने र नियमहरूको सम्मान गर्नुपर्ने प्रधानमन्त्री मेलोनीको भनाइ छ ।

मिलोनी नेतृत्वको प्रशासन दोस्रो विश्वयुद्धको समाप्तिपछिको इटालीको सबैभन्दा लामो समयसम्म टिकेको सरकार हो; तर सन् २०२७ मा उहाँको पार्टीले ‘नेशनल फ्युचर’ (एफएन) पार्टीबाट गम्भीर चुनौतीको सामना गर्नुपर्ने अपेक्षा गरिएको छ ।

एफएनले एफडीआई पार्टीभन्दा पनि धेरै दक्षिणपन्थी झुकाव राख्छ र गएको फेब्रुअरीयता जनमत सर्वेक्षणहरूमा यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको खबरमा उल्लेख छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०