"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नारायणगढ–बुटवल सडक विस्तार : निर्माण सम्पन्न सडक सुरक्षाको काम थालियो

Table of Content

नारायणगढ–बुटवल सडक विस्तार : निर्माण सम्पन्न सडक सुरक्षाको काम थालियो

काठमाण्डौ – नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका ठाउँमा सडक सुरक्षाको काम शुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार अहिले पूर्वी खण्डमा निर्माण सकिएका ठाउँमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । 

सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा गति समितिलगायतका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । सडक निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सडक सुरक्षाका कामलाई पनि प्राथमिकता दिइएको सूचना अधिकारी खनालले बताउनुभयो ।

नवलपरासी पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये अहिले पनि झण्डै ७ किलोमिटरमा कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यता छ । अरू सबै क्षेत्रमा कालोपत्रे तथा पक्की सडक सञ्चालनमा आइसकेको छ । पूर्वी खण्डमा अहिलेसम्म भौतिक प्रगति ८१ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । पूर्वी खण्डमा अहिले दाउन्ने क्षेत्रमा बाहेक अन्य ठाउँमा यात्रा सहज भएको छ । 

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम २०७५ साल माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यका साथ चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले शुरु गरेको थियो । कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ । 

निर्धारित समयमा काम सम्पन्न नभएपछि अहिले चौथो पटक म्याद थप गरी आउँदो साउनसम्मका लागि अवधि बढाइएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सञ्चालित यो सडक विस्तार आयोजनाको दुवै खण्डको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ । 

कुल ११३ किलोमिटरमध्ये ७० किलोमिटरमा चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरका सर्भिस लेन निर्माण गरिनेछ । दाउन्ने क्षेत्रको १४ किलोमिटर खण्डमा तीन लेनको सडक निर्माण हुनेछ ।    

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०