"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

Table of Content

काठमाडौँ । बैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लालीबजारको प्रदर्शन रोक्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले उक्त चलचित्रको प्रदर्शन रोक्न अल्पकालिन अन्तरिम आदेश गरेको हो । 

अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भी विपक्षीको नाममा अल्पकालिन अनतरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र जवाफ पेश गर्न भनिएको छ ।

‘यसमा के कसो भएको हो ? रिट निबेदकको निवेदन् मागवमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए, सोसमेत साथै राखी सूचना म्याद पाएको मितिले बाटाका म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षी नं.१ र २ को हकमा उच्च सरकारी बकील कार्यालय, पाटनमार्फत तथा बाँकी विपक्षीहरुको हकमा आफौ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपिसहित विपक्षीका नाममा म्याद जवाफ परे वा अबधि व्यतित भएपछि नियमानुसार पेश गर्नु ।’ आदेशमा भनिएको छ । 

त्यस्तै अदालतले दुवै पक्षलाई छलफलको लागि बैशाख २२ गते पेश तोक्न भनेको छ । आदेशमा भनिएको छ ‘निवेदनमा उल्लेखित विषयवस्तुको गाम्भिर्यतासमेतलाई हेर्दा दुबै पक्षहरुवीच छलफल पश्चात् निर्णयमा पुग्दा उपयुक्त हुने देखिँदा अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा छलफलको लागि मिति २०८३।०१।२२ गतेको पेशी मिति तोकी पेशीको सूचना विपक्षीहरूलाई दिनुहोला।’ 

चलचित्रमा प्रस्तुत विषयमा आपत्ति जनाउँदै रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । अदालतले बैशाख २२ गतेसम्म प्रदर्शन रोक्न आदेश दिएको छ । 

षट्कोण आर्टसले निर्माण गरेको चलचित्रमा वादी समुदायका महिलालाई चित्रण गरिएको ट्रेलरमा देखिन्छ । वादी समुदायका तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०