"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

उत्तर कोरियामा महामारीको समयमा मृत्युदण्ड उल्लेखनीय रूपमा बढ्याे : प्रतिवेदन

Table of Content

उत्तर कोरियामा महामारीको समयमा मृत्युदण्ड उल्लेखनीय रूपमा बढ्याे : प्रतिवेदन

उत्तर कोरियामा कोभिड–१९ महामारीको समयमा मृत्युदण्डको सङ्ख्या उल्लेखनीय रूपमा बढेको प्रतिवेदन सार्वजनिक भएको छ ।

सन् २०२० जनवरी २०२४ को अन्त्यसम्म कम्तीमा १५३ जनालाई मृत्युदण्ड दिइएको वा मृत्युदण्डको सजाय सुनाइएको दक्षिण कोरियाको राजधानी सियोलमा रहेको गैरसरकारी संस्था ‘सङ्क्रमणकालीन न्याय कार्य समूह (टीजेडब्ल्युजी) को प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

महामारीअघिको ५ वर्षमा ४४ जनालाई मृत्युदण्ड दिइएको थियो । धर्म, अन्धविश्वास र विदेशी सांस्कृति सामग्रीसँग सम्बन्धित सामान्य घटनाहरूमा पनि मृत्युदण्ड दिइएको खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको ऐतिहासिक अनुसन्धानपछि अन्तर्राष्ट्रिय दबावका कारण सन् २०१५ र २०१९ को बीचमा मृत्युदण्डको सङ्ख्यामा कमी आएको थियो । तर उत्तर कोरियाले आफ्नो सिमाना बन्द गरेपछि सन् २०२० मा मृत्युदण्ड दिने क्रम बढेको ‘टीजेडब्ल्युजी’ ले जनाएको छ ।

यो गैरसरकारी संस्थाले किम जाेङ उनको शासनकालको प्रारम्भिक वर्षहरूमा उत्तर कोरियामा मृत्युदण्डको दर उच्चतम स्तरमा रहेको पत्ता लगाएको छ, सन् २०१३ मा ८० जनाभन्दा धेरै जनालाई मृत्युदण्ड दिइएको थियो ।

प्रतिवेदनअनुसार उत्तर कोरियामा सन् २०११ देखि २०२४ सम्म ३५८ जनालाई मृत्युदण्ड दिइएको थियो ।

सांस्कृतिक र वैचारिक नियन्त्रणलाई बलियो बनाउन र राजनीतिक प्रभुत्व कायम राख्न उत्तर कोरियामा मृत्युदण्डको सङ्ख्या बढ्ने उच्च जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०