"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आम्दानी बढ्दा पनि प्रभु बैंकको नाफा किन घट्यो ?

Table of Content

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको नाफामा तीव्र गिरावट देखिएको छ भने जोखिम सूचकका रूपमा रहने खराब कर्जा उल्लेखनीय रूपमा बढेको छ।

चैत मसान्तसम्म बैंकले ८५ करोड १५ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको बैंकको आम्दानी यसपटक ५४ दशमलव ६१ प्रतिशतले घटेको हो। यसले बैंकको लाभांश क्षमतामा प्रत्यक्ष दबाब पर्ने संकेत गर्दछ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी भने सामान्य रूपमा बढेर ७ अर्ब १८ करोड १९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ८२ करोड ४४ लाख रुपैयाँ पुगेको छ। तर खर्च वृद्धि र सम्भावित प्रावधान दबाबका कारण सञ्चालन मुनाफा घटेको देखिन्छ।

बैंकको सञ्चालन मुनाफा ३४ प्रतिशतले घट्दै २ अर्ब २६ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। अझ चिन्ताजनक पक्ष भनेको वितरणयोग्य नाफा हो, जुन अघिल्लो वर्षकै नकारात्मक अवस्थाबाट झन् गहिरिँदै ४ अर्ब २८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक पुगेको छ।

बैंकको खराब कर्जा अनुपात ५ दशमलव ०९ प्रतिशतबाट बढेर ८ दशमलव ८४ प्रतिशत पुगेको छ। यसले कर्जा गुणस्तरमा कमजोरी देखाउँदै आगामी दिनमा थप प्रावधानको जोखिम संकेत गर्छ।

बैंकको प्रतिसेयर आम्दानी घटेर ४ रुपैयाँ ८२ पैसामा झरेको छ, जुन अघिल्लो वर्ष १० रुपैयाँभन्दा बढी थियो। प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा कायम छ भने आधार दर ५ दशमलव १४ प्रतिशत रहेको छ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोषमा १५ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्म बैंकले ३ खर्ब ३५ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कुल सम्पत्ति ४ खर्ब रुपैयाँ नाघेको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०