"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सशस्त्र प्रहरीको १३औं आईजीपीमा पौडेल

Table of Content

१८ वैशाखदेखि कार्यभार

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको प्रमुख (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १३औं आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको हो । उहाँले १८ वैशाखदेखि औपचारिक रूपमा आईजीपी पदको कमान्ड सम्हाल्नु हुनेछ । हालका आईजीपी राजु अर्यालको चारवर्षे कार्यकाल पूरा भई १८ वैशाखमा अवकाशमा जाँदै हुनुहुन्छ ।

आईजीपीमा अर्याल नियुक्त भएपछि एआईजीको रिक्त पदमा पौडेललाई २०७९ जेठ ६ मा बढुवा गरिएको थियो । सोही दिनदेखि उहाँ एआईजी तहमा रहेर काम गरिरहनुभएको छ ।

आईजीपी बढुवाका लागि पौडेलसँगै सीमा सुरक्षा विभागका एआईजी वंशी दाहाल र कार्य विभागका एआईजी गणेश ठाडा मगरसमेत प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तर, वरिष्ठता र अनुभवको आधारमा पौडेललाई पहिलो दाबेदार मानिँदै आएको थियो ।
वि.सं. २०५४ चैत १८ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) का रूपमा सेवा प्रवेश गर्नुभएका पौडेल सशस्त्र प्रहरी बल गठन भएपछि सशस्त्र प्रहरीमा स्थानान्तरण हुनुभएको थियो ।

वि.सं. २०५८ असार १८ मा उहाँलाई सशस्त्र प्रहरीको कार्यवाहक डीएसपी बनाइएको थियो भने २०५८ चैत १८ मा स्थायी रूपमा डीएसपीमा बढुवा हुनुभएको थियो । उहाँ वि.सं. २०६३ चैत २९ मा एसपी, २०७० जेठ २ मा एसएसपी, २०७५ कात्तिक १३ मा डीआईजी र २०७९ जेठ ६ मा एआईजीमा बढुवा हुनुभएको थियो ।

आईजीपीका अर्का प्रतिस्पर्धी एआईजी दाहाल भने पौडेलभन्दा करिब पाँच महिनापछि मात्र एआईजी बनेका थिए । सरकारले वि.सं. २०७९ असोज २८ मा दाहाललाई एआईजीमा बढुवा गरेको थियो । त्यस क्रममा दाहाललाई एआईजी बनाउन सरकारले सीमा सुरक्षा विभागमा एक एआईजीको दरबन्दीसमेत सिर्जना गरेको थियो । यसले पौडेलको वरिष्ठतालाई थप स्पष्ट बनाएको थियो । त्यस्तै, अर्का प्रतिस्पर्धी एआईजी ठाडा मगर पौडेलभन्दा करिब दुई वर्ष कनिष्ठ हुनुहुन्छ । उहाँ २०८२ असार २ मा मात्र एआईजीमा बढुवा हुनुभएको थियो ।

नवनियुक्त आईजीपी पौडेलले विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार करिब दुई वर्ष संगठनको नेतृत्व गर्नु हुनेछ । ३० वर्षे सेवा हदका कारण उहाँ २०८४ चैत १८ मा अवकाशमा जानुहुनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०