"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

Table of Content

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

काठमाण्डौ – सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ । 

यस अघि सरकारले वैशाख १५ अर्थात् आजदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय र परिपत्र गरेको थियो । निर्णयअनुसार औपचारिक रूपमा आजदेखि विद्यार्थी भर्ना कार्यक्रम शुरू हुन लागेको हो । 

विगतमा सरकारले हरेक वर्ष वैशाख २ देखि नयाँ शैक्षिक सत्र शुरू गरेर भर्ना अभियान चलाउँथ्यो भने निजी विद्यालयले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र शुरू गराउँदै आएका थिए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयका साथै चैत २३ देखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको थियो । 

तर सरकारको निर्णय अमान्य रहेको भन्दै काठमाण्डौ उपत्यका मेयर्स फोरमले गएको वैशाख ११ गतेदेखि नै नयाँ विद्यार्थी भर्ना अभियान शुरू गर्न र आज १५ गतेदेखि नियमित पठनपाठन शुरू गर्न उपत्यकाभित्रका सबै पालिकालाई अनुरोध गरेको थियो । यसबाट विद्यार्थी भर्ना अन्योल भयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आजदेखि नै  भर्ना थाल्न र २१ गतेदेखि पठनपाठन शुरू गर्न भनेको छ । 

सरकारको निर्णय नमानेर भर्ना गरिसकेका काठमाण्डौ उपत्यका भित्रका तथा उपत्यकाबाहिरका केही पालिकाले गएको ११ गतेदेखि नै भर्ना अभियान शुरू गरी आजदेखि नियमित पठनपाठन थाल्ने भएका छन् । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०