"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग शुरू

Table of Content

काठमाण्डौ – दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि शुरू भएको छ । 

नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा त्रिपुरेश्वरको दशरथ रङ्गशालाको कभर्डहलमा प्रतियोगिता शुरु भएको हो । आज पहिलो दिन पुरुष र महिला दुवैतर्फ २/२ खेल हुँदैछन् । अहिले महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच लिगको पहिलो खेल भइरहेको छ । 

प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, हेल्प नेपाल स्पोर्टस्, क्लबखिल्जी युवा क्लब, रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानीलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । 
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमण्ड युथ स्पोरर्टस् क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताको लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ गरी ४३ खेल हुनेछन् । दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । 

लिगको दुवै विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । एनभीएल लिगका उत्कृष्ट महिला र पुरुष दुवै टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउनेछन् । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

फिफा विश्वकप २०२६ : फुटबलसँगै संगीतको विश्वव्यापी महाउत्सव, शाकिरादेखि बीटीएससम्मको जमघट

काठमाडौं । फिफा विश्वकप २०२६ भोलिबाट सुरु हुँदैछ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणले फुटबल इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताको कीर्तिमान बनाउने मात्र होइन, संगीत र मनोरञ्जनको भव्य महोत्सवका रूपमा पनि नयाँ पहिचान स्थापित गर्ने तयारी गरेको छ। ४८ टोली सहभागी रहने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्। प्रतियोगिताको उद्घाटन मेक्सिको सिटीस्थित ऐतिहासिक...

नेयमारले समुहको पहिलो खेल गुमाउने

लन्डन, (एजेन्सी) । ब्राजिलका स्टार फुटबलर नेयमारको फिटनेसलाई लिएर ठूलो राहतको खबर सार्वजनिक भएको छ । ब्राजिलीयन फुटबल कन्फेडेरेशन (सीबीएफ) ले बतायो कि दायाँ खुट्टामा लागेको चोटबाट उनी मुक्त भइरहेका छन् । सीबीएफले जनाएअनुसार ३४ वर्षीय नेयमारको रिकभरी सोचेजस्तो भइरहेको छ । तर, उनको मैदानमा फर्कने कुनै निश्चित भने नभएको जनाएको छ । सीबीएफले बतायो...

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’ काठमाण्डाै – सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना कसैलाई पनि नदिन भनेको हो ।...

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो काठमाण्डौ – आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ ।  भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो । ...

आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दाबी

आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दाबी काठमाण्डौ – इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ । इरानमा शृङ्खलाबद्ध आक्रमण गरेको उसको दाबी छ । अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०