"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मिथ्या र भ्रामक समाचार फैलाएमा कारबाही गर्ने सरकारको चेतावनी

Table of Content

काठमाण्डौ – सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ । यस्तो गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति निकालेर कपोलकल्पित समाचार सम्प्रेषण गर्ने व्यक्ति वा संस्थालाई विद्युतीय कारोबार ऐन र अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । पछिल्लो समय विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आधिकारिकता पुष्टि नभएका सूचनाहरू प्रवाह भइरहेको भन्दै मन्त्रालयले  यस्ता सामग्रीले आम नागरिकमा अनावश्यक भ्रम सिर्जना गरेको, समाजमा नकारात्मक र गलत मनोविज्ञान फैलाएको र हचुवाका भरमा सूचना प्रवाह गरी सामाजिक सद्भावमा आँच पुर्‍याएको उल्लेख गरेको छ । 

मन्त्रालयले सबै सञ्चारमाध्यम, सूचना प्रदायक संस्था तथा व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका समाचार तथा सूचना हचुवाका आधारमा प्रकाशन वा प्रसारण नगर्न सचेत गराएको छ । यदि आधारहीन, मिथ्या र भ्रामक समाचार प्रकाशन वा प्रसारण भएको पाइएमा त्यस्ता सामग्री प्रकाशन गर्ने व्यक्ति वा संस्थालाई पहिचान गरी प्रचलित कानुनअनुसार कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । 

त्यसैगरी, मन्त्रालयले भ्रामक सूचना फैलाउन सहयोग पुग्ने कुनै पनि क्रियाकलापमा संलग्न नहुन आम नागरिकलाई पनि आग्रह गरेको छ । यस्ता भ्रामक सूचना वा समाचारबारे जानकारी भएमा वा गुनासो भएमा मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टलमार्फत विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789455979

अमेरिकाले पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि

अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि गरेको छ । अमेरिकाले यस्तो...
laganikarta_Tu95tCJlGG

पुँजी बजार पुनरुत्थान कार्ययोजनाको लगानीकर्ताद्वारा स्वागत, बजारका लागि सकारात्मक

काठमाडौँ । सरकारले पुँजीबजार सुधारका लागि ल्याएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको लगानीकर्ताहरूले स्वागत...
kp-bp-sher_CaYDxrrjAN

नेपालमा जननिर्वाचित सरकारको दुर्दशा : जेनजीबाट ओली लखेटिए, बीपी र देउवालाई राजाले अपदस्थ गरे

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी र स्वतन्त्रता विरोधी...
nyaya-parisad_eww0cehvck_7qSBXmtFep

उच्च अदालतका तीन र जिल्लाका १५ न्यायाधीशको सरुवा सिफारिस

काठमाडौँ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले उच्च अदालतका तीन र जिल्ला...
Donal-trums-1789446914

हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने ट्रम्पको योजनामा सर्वोच्च अदालतको रोक

अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनावअघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०