"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

Table of Content

    पर्वत,  वैशाख ९-

    तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ ।

    कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधनआवत जावत बन्द गरिएको हो जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले यही वैशाख १० गतेदेखि ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

    उक्त खण्डको झन्डै तीन किलोमिटर सडक अहिले कालोपत्र गर्न थालिएको छ । सडकमा चार पाङ्ग्रे सवारी बन्द गरिए पनि दुई पाङ्ग्रे सवारीसाधन भने सञ्चालन गर्न दिइने भएको छ । उक्त समयमा वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वैकल्पिक सडकका रुपमा बाम्रा–गैराथोक–राताडाँडा हुँदै बुमी–लाम्पाटा–गहतेपोखरा–साइकलचोक सडक प्रयोग गर्न आग्रह गरिएको हो ।

    अहिले ठुलीपोखरी–खौला खण्डमा कालोपत्र गर्नका लागि नाली निर्माण, सडक चौडा गर्ने, ग्यावियन जाली लगाउनेलगायत अन्य संरचना निर्माणको काम सम्पन्न गरी सबवेस बिछ्याउने काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर विज्ञान पौडेलका अनुसार गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत रु पाँच करोड ८० लाखमा सम्झौता भई गत वर्षदेखि निर्माणकार्य थालिएको हो ।

    इन्जिनियर पौडेलले यस वर्ष झन्डै तीन किलोमिटर सडक कालोपत्र हुने र जसमध्ये २५० मिटर ढलान गरिने जानकारी दिनुभयो । सडक निर्माणको जिम्मा पाएको देबचुली–कालीगङ्गा जेभी निर्माण कम्पनीका इन्जिनियर प्रविन गुरुङले निर्धारित समयमै सडक कालोपत्र सम्पन्न गर्नका लागि अवरोध नहोस् भनेर सवारी आवागमन बन्द गरेर निर्माणकार्य धमाधम गरिएको जानकारी दिनुभयो ।

    दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकको सिल्मीदेखि ठुलीपोखरीसम्मको केही भाग यसअघि नै कालोपत्र भएको थियो । अहिले बाँकी रहेको खण्डमा ढलान तथा कालोपत्र गरी सम्पन्न हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । अब खौलादेखि कार्किनेटासम्मको झन्डै चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । यो सडक कालोपत्र भएमा मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने भएको छ । अहिले पनि स्याङ्जा, पाल्पा, बुटबलतर्फ जाने केही सवारीसाधनले यो मार्ग प्रयोग गर्दै आएका छन् ।

    यो मार्गमा कालोपत्र गर्नका लागि पटकपटक बजेट माग गर्दा पनि पर्याप्त मात्रामा विनियोजन हुन नसकेको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका वडाध्यक्ष झलक रिमालले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि बजेट माग गरेर यसलाई पूरा गर्न लागिपरेको उहाँको भनाइ छ ।

    प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले विकास निर्माणको कार्य गर्ने बेला केही कठिनाइसमेत हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गरी उक्त सडकलाई पूर्णता दिन सहयोग गर्न सो क्षेत्रका बासिन्दालाई आग्रह गर्नुभएको छ । उहाँले निर्माण व्यवसायीलाई २० दिनभित्र पूरै काम सम्पन्न गर्न अनुरोध गर्नुभएको छ

    admin

    admin@hamroraptifm.com https://hamroraptifm.com

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    Recent News

    Trending News

    Editor's Picks

    arrested_20180911053149_QZgHCL6VQb_4yG4fY3jBo

    कारभित्र लुकाएर लैजाँदै गरेको १६८किलो गाँजासहित दुईजना पक्राउ

    काठमाडौं : चितवनमा प्रहरीले १६८ केजी लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार चालक दिल्ली...
    sugarcane_crops_ukhu_kheti_YqfprQQJFD

    उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरु

    काठमाण्डौ — सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरु गरेको छ । कृषि विभागले...
    swarnim-wagle-2

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै 

    ९ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी...
    bagmati-nekapa-1230-1024x507

    बागमतीमा मन्त्री छनोट र शक्ति बाँडफाँटलाई लिएर नेकपाभित्र किचलो

    ९ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र...
    image-2026-08-09T182549.719-1024x500

    प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य रिर्पोटसहितको पत्र संसद् सचिवालयमा

    ९ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र संघीय...

    अध्यक्ष : सुभद्रा आले मगर
    सम्पादक : राजु थापा
    कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
    सह सम्पादक : अशोक बहादुर परियार
    ले आउट : प्रबेश देसार
    सवाददाता : अनिल अधिकारी

    सम्पर्क

    इमेल : infohamroraotifm@gmail.com

    मोबाइल : 9762345745

    ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

    कम्पनी विवरणहरू

    कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

    सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०