"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

गर्भवती मृत्यु प्रकरणः डा. खत्री र रुपाखेतीसहित ५ जना प्रहरी नियन्त्रणमा

Table of Content

काठमाडौं । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा बुटवलका दुई चर्चित चिकित्सकसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री, इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेती, सोही क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर रहेका छन् ।

मृतकका पति प्रकाश पाण्डेले ‘आर्थिक लाभको उद्देश्य राखी उपचारमा गम्भीर लापरवाही गरेको’ भन्दै ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । सोही आधारमा तीन जनालाई मंगलबार बिहानै पक्राउ गरेको थियो । तर, खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका डा. सतिष रुपाखेती भने मंगलबार साँझ अबेर आफैँ इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाको विवरणः
पाल्पाको बगनासकाली–२ ख्याहाकी गीता पाण्डे १२ हप्ताको गर्भ परीक्षणका लागि चैत २७ गते खत्री नर्सिङ होम पुगेकी थिइन् । डा. डीबी खत्रीले ‘गर्भ असामान्य रहेको’ भन्दै वैशाख ४ गते पुनः बोलाएका थिए ।

वैशाख ५ गते पुनः नर्सिङ होम पुग्दा उनलाई त्यहाँ उपचार नगरी एउटा ‘लोकेसन म्याप’ दिएर बुटवलको अस्पताल लाइनस्थित जोनल फार्मेसी पठाइएको थियो । जोनल फार्मेसीले १६ हजार रुपैयाँ शुल्क लाग्ने भन्दै २ हजार एडभान्स लिएर औषधी दिएपछि पुनः इन्दु लेखा क्लिनिक पु¥याएको थियो । सोही क्लिनिकमा डा. सतिष रुपाखेतीले जाँच गरी गर्भपतन गराउने क्रममा गीताको मृत्यु भएको हो ।

‘श्रीमती बेहोस भइसकेपछि मलाई कुनै जानकारी नदिई लुम्बिनी सिटी अस्पताल पु¥याइयो, जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । पैसा कमाउने लोभमा परेर स्वस्थ मान्छेको ज्यान लिने काम भयो,’ मृतकका पति प्रकाश पाण्डेले भने ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेका अन्य तीन जनालाई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

दुई जनाको भने घटनामा संलग्नता र लापरवाहीको पाटोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले जोनल फार्मेसी र अन्य क्लिनिकले उपचारका रिपोर्टहरू र खत्री नर्सिङ होमले दिएको ‘लोकेसन कार्ड’ समेत लुकाएको आरोप लगाएका छन् ।

रक्त सञ्चार सेवा केन्द्रमा कार्यरत मृतक गीताको ५ वर्षका एक छोरा छन् । उनी दोस्रो सन्तानको पर्खाइमा थिइन् । प्रहरीले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०