"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

गर्भवती मृत्यु प्रकरणः डा. खत्री र रुपाखेतीसहित ५ जना प्रहरी नियन्त्रणमा

Table of Content

काठमाडौं । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा बुटवलका दुई चर्चित चिकित्सकसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री, इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेती, सोही क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर रहेका छन् ।

मृतकका पति प्रकाश पाण्डेले ‘आर्थिक लाभको उद्देश्य राखी उपचारमा गम्भीर लापरवाही गरेको’ भन्दै ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । सोही आधारमा तीन जनालाई मंगलबार बिहानै पक्राउ गरेको थियो । तर, खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका डा. सतिष रुपाखेती भने मंगलबार साँझ अबेर आफैँ इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाको विवरणः
पाल्पाको बगनासकाली–२ ख्याहाकी गीता पाण्डे १२ हप्ताको गर्भ परीक्षणका लागि चैत २७ गते खत्री नर्सिङ होम पुगेकी थिइन् । डा. डीबी खत्रीले ‘गर्भ असामान्य रहेको’ भन्दै वैशाख ४ गते पुनः बोलाएका थिए ।

वैशाख ५ गते पुनः नर्सिङ होम पुग्दा उनलाई त्यहाँ उपचार नगरी एउटा ‘लोकेसन म्याप’ दिएर बुटवलको अस्पताल लाइनस्थित जोनल फार्मेसी पठाइएको थियो । जोनल फार्मेसीले १६ हजार रुपैयाँ शुल्क लाग्ने भन्दै २ हजार एडभान्स लिएर औषधी दिएपछि पुनः इन्दु लेखा क्लिनिक पु¥याएको थियो । सोही क्लिनिकमा डा. सतिष रुपाखेतीले जाँच गरी गर्भपतन गराउने क्रममा गीताको मृत्यु भएको हो ।

‘श्रीमती बेहोस भइसकेपछि मलाई कुनै जानकारी नदिई लुम्बिनी सिटी अस्पताल पु¥याइयो, जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । पैसा कमाउने लोभमा परेर स्वस्थ मान्छेको ज्यान लिने काम भयो,’ मृतकका पति प्रकाश पाण्डेले भने ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेका अन्य तीन जनालाई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

दुई जनाको भने घटनामा संलग्नता र लापरवाहीको पाटोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले जोनल फार्मेसी र अन्य क्लिनिकले उपचारका रिपोर्टहरू र खत्री नर्सिङ होमले दिएको ‘लोकेसन कार्ड’ समेत लुकाएको आरोप लगाएका छन् ।

रक्त सञ्चार सेवा केन्द्रमा कार्यरत मृतक गीताको ५ वर्षका एक छोरा छन् । उनी दोस्रो सन्तानको पर्खाइमा थिइन् । प्रहरीले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789627881

एशियाली खेलकुद : २ मिटरभन्दा अग्ला खेलाडीले ओछ्यानमा खुट्टा सीधा पारेर तन्काउन पनि नसक्ने

एशियाली खेलकुदमा अग्ला खेलाडीहरूले कन्टेनरमा रहेका ओछ्यानमा आफ्ना खुट्टा तन्काउन नसक्ने अवस्था रहेको एक अधिकारीले...
government_expenses_GY9e3qGeMt

२ महिनामा सरकारको आम्दानीभन्दा खर्च ९ अर्ब ७२ कराेड रुपैयाँले धेरै

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा सरकारकाे आम्दानीभन्दा खर्च ९ अर्ब ७२ कराेड...
Nepal_vs_bangaladesh_final_sV3EvLNV5Y

नेपाल र बंगलादेशबीच आउँदो चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हुने

नेपाल र बंगलादेशबीच यसै वर्षको चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ...
813362474_1091875219894521_9033030538614758989_n

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

राप्ती । चितवनको राप्ती नगरपालिका–१, सिमरामा एक विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। राप्ती–१...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०