"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

Table of Content

    पर्वत,  वैशाख ९-

    तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ ।

    कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधनआवत जावत बन्द गरिएको हो जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले यही वैशाख १० गतेदेखि ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

    उक्त खण्डको झन्डै तीन किलोमिटर सडक अहिले कालोपत्र गर्न थालिएको छ । सडकमा चार पाङ्ग्रे सवारी बन्द गरिए पनि दुई पाङ्ग्रे सवारीसाधन भने सञ्चालन गर्न दिइने भएको छ । उक्त समयमा वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वैकल्पिक सडकका रुपमा बाम्रा–गैराथोक–राताडाँडा हुँदै बुमी–लाम्पाटा–गहतेपोखरा–साइकलचोक सडक प्रयोग गर्न आग्रह गरिएको हो ।

    अहिले ठुलीपोखरी–खौला खण्डमा कालोपत्र गर्नका लागि नाली निर्माण, सडक चौडा गर्ने, ग्यावियन जाली लगाउनेलगायत अन्य संरचना निर्माणको काम सम्पन्न गरी सबवेस बिछ्याउने काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर विज्ञान पौडेलका अनुसार गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत रु पाँच करोड ८० लाखमा सम्झौता भई गत वर्षदेखि निर्माणकार्य थालिएको हो ।

    इन्जिनियर पौडेलले यस वर्ष झन्डै तीन किलोमिटर सडक कालोपत्र हुने र जसमध्ये २५० मिटर ढलान गरिने जानकारी दिनुभयो । सडक निर्माणको जिम्मा पाएको देबचुली–कालीगङ्गा जेभी निर्माण कम्पनीका इन्जिनियर प्रविन गुरुङले निर्धारित समयमै सडक कालोपत्र सम्पन्न गर्नका लागि अवरोध नहोस् भनेर सवारी आवागमन बन्द गरेर निर्माणकार्य धमाधम गरिएको जानकारी दिनुभयो ।

    दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकको सिल्मीदेखि ठुलीपोखरीसम्मको केही भाग यसअघि नै कालोपत्र भएको थियो । अहिले बाँकी रहेको खण्डमा ढलान तथा कालोपत्र गरी सम्पन्न हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । अब खौलादेखि कार्किनेटासम्मको झन्डै चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । यो सडक कालोपत्र भएमा मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने भएको छ । अहिले पनि स्याङ्जा, पाल्पा, बुटबलतर्फ जाने केही सवारीसाधनले यो मार्ग प्रयोग गर्दै आएका छन् ।

    यो मार्गमा कालोपत्र गर्नका लागि पटकपटक बजेट माग गर्दा पनि पर्याप्त मात्रामा विनियोजन हुन नसकेको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका वडाध्यक्ष झलक रिमालले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि बजेट माग गरेर यसलाई पूरा गर्न लागिपरेको उहाँको भनाइ छ ।

    प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले विकास निर्माणको कार्य गर्ने बेला केही कठिनाइसमेत हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गरी उक्त सडकलाई पूर्णता दिन सहयोग गर्न सो क्षेत्रका बासिन्दालाई आग्रह गर्नुभएको छ । उहाँले निर्माण व्यवसायीलाई २० दिनभित्र पूरै काम सम्पन्न गर्न अनुरोध गर्नुभएको छ

    admin

    admin@hamroraptifm.com https://hamroraptifm.com

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    Recent News

    Trending News

    Editor's Picks

    सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

    काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

    यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

    काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

    वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

    काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

    भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

    काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

    जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

    जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

    अध्यक्ष : सुभद्रा आले मगर
    सम्पादक : राजु थापा
    कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
    सह सम्पादक : अशोक बहादुर परियार
    ले आउट : प्रबेश देसार
    सवाददाता : अनिल अधिकारी

    सम्पर्क

    इमेल : infohamroraotifm@gmail.com

    मोबाइल : 9762345745

    ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

    कम्पनी विवरणहरू

    कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

    सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०