"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अनधिकृत सामाजिक सञ्जाल पेज हटाउन स्वास्थ्य बीमा बोर्डको निर्देशन

Table of Content

काठमाडौं ।

स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा सञ्चालन भइरहेका अनधिकृत पेज तथा समूहप्रति ध्यानाकर्षण भएको जनाएको छ। बोर्डका अनुसार Facebook, TikTok र YouTube लगायतका प्लेटफर्ममा गलत र भ्रामक सूचना फैलाउने यस्ता पेजहरूले सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेका छन्।

बोर्डले सम्बन्धित व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र त्यस्ता पेज तथा समूह हटाउन निर्देशन दिएको छ। निर्देशन पालना नगरेमा प्रचलित कानुन अनुसार आवश्यक कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ।

यसैबीच, बोर्डले आफ्ना आधिकारिक सामाजिक सञ्जाल खाताहरू पनि सार्वजनिक गर्दै सही सूचना त्यहीँबाट लिन आग्रह गरेको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चुरे संकटः नीति र व्यवहारबिचको गहिरो अन्तरविरोध

काठमाडौँ, जेठ २२ गते । नेपालको भूभागको अत्यन्तै संवेदनशील क्षेत्र मानिने चुरे पर्यावरण केवल आन्तरिक सीमाभित्र सीमित भूगोल मात्र नभई समग्र दक्षिण एसियाकै जलशास्त्रीय र भू–पारिस्थितिकीय सन्तुलनको प्रमुख मेरुदण्ड हो । नेपालको दक्षिणी समथर तराई क्षेत्र तथा छिमेकी मुलुक भारतको विशाल गङ्गा मैदानका लागि जमिनमुनिको पानीको प्राकृतिक पुनर्भरण क्षेत्रका रूपमा रहेको चुरे शृङ्खलाले यस क्षेत्रका करोडौँ...

१० मेगावाट माथिका आयोजनाको पीपीएमा बजेट मौन : १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना अन्योलमा

काठमाडौँ । सरकारले जलविद्युत् क्षेत्रमा नीतिगत फड्को मार्ने भन्दै बजेटमार्फत विभिन्न नीतिगत सुधारको घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा लामो समयदेखि अनिर्णीत विद्युत् प्राधिकरणको पुनर्संरचना गर्दै पीपीए र विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्ने महत्त्वपूर्ण घोषणा गरे । अर्थमन्त्री वाग्लेले विद्युत् खरिद सम्झौता (पीपीए)मा कडा नीति अख्तियार...

एआईलाई ‘ब्रेक’ चाहिन्छ, नत्र मान्छेको नियन्त्रणबाहिर जान सक्छ : एन्थ्रोपिक

एआईलाई ‘ब्रेक’ चाहिन्छ, नत्र मान्छेको नियन्त्रणबाहिर जान सक्छ : एन्थ्रोपिक काठमाण्डौ – कृत्रिम बुद्धिमत्ता (एआई) विकास गरिरहेको विश्वकै अग्रणी कम्पनीमध्ये एक एन्थ्रोपिकका सह–संस्थापक ज्याक क्लार्कले एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । अहिले एआई उद्योगसँग गति बढाउने ‘ग्यास पेडल’ भए पनि आवश्यक पर्दा रोक्न वा सुस्त बनाउन सक्ने ‘ब्रेक पेडल’ नभएको...

विश्वकपको उपाधि दाबेदार स्पेन निराश, इराकसँग बराबरी

विश्वकपको उपाधि दाबेदार स्पेन निराश, इराकसँग बराबरी काठमाण्डौ – फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकले बराबरी खेलेका छन् ।  गए राति स्पेनको म्युनिसिपल दे रियाजोर रङ्गशालामा सम्पन्न खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलको १६औँ मिनेटमा घरेलु टोली स्पेनले फरान टोरेसको गोलमार्फत अग्रता लिएको थियो । तर २७औँ मिनेटमा इराकले...

रास्वपा सभापति लामिछाने आज काठमाण्डौ फर्किने, परराष्ट्रमन्त्री खनाल दिल्ली जाने

रास्वपा सभापति लामिछाने आज काठमाण्डौ फर्किने, परराष्ट्रमन्त्री खनाल दिल्ली जाने काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भारत भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ । आजै परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भारत भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको छ । भ्रमणका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०