"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरु

Table of Content

काठमाण्डौ — सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरु गरेको छ ।

कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो । यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन हुनेछ ।

विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क सङ्कलन गर्नेछ ।

प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । उहाँका अनुसार विगतको तुलनामा ढुवानी, उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ ।

अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ । उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकम मन्त्रिपरिषद्ले निर्धारण गर्ने महानिर्देशक सञ्जेलले बताउनुभयो ।

सरकारले किसानलाई धान, उखु, गहुँलगायतका कृषिउपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य घट्दा किसानलाई हुने नोक्सानी कम गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।

गएको वर्ष उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० र सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ निर्धारण भएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Shankar_Pokhrel_9ZAiybdpLh

शंकर पोखरेलको टिप्पणी : दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो

काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको...
NRB_Bank_final_iKM3hHv13C

मूल्यवृद्धि उच्च : घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।...
ramchandra_poudel_yyL0tB0G0w

एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो...
Balen-dai23243545-1789793060

संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान...
sena-badi-1789805649

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ – रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०