"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती एकताले बाड्यो ३० वटा चुल्हो

Table of Content

पुर्ण बहादुर मगर
चैत्र ३ / भण्डारा
राप्ती नगरपालिका वडा नं ६ अन्र्तगत रहेका ३० घरपरिवारलाई विजुलीबाट चल्ने चुलहो वितरण गरिएको छ । मंगलवार चितवन राष्ट्रिय निकुञ्ज खगेन्द्रमल्ली उपभोत्त,ा समुह अन्तृगतको राप्ती एकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो १३ औँ बार्षिक साधरण सभामा विजुलीबाट बल्ने चुल्हो वितरण गरेको हो । कार्यक्रम राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले स्थानीय सरकारले गर्नुपर्ने काम र क्रियाकलापमा सामुदायिक वन आफै सक्रिय भएकोमा खुशि व्यक्त गरे । प्रमुख लामाले यस वनले पर्यावरणमा समेत उल्लेखनिय काम गरेको बताए । अहिले अधिकांश वन घाटामा छन तर पनि राप्ती एकताले आफ्नै आम्दानी सहित प्रदेश सम्म पुगेर उपभोक्तालाई सक्रिय बनाएको बताए । आगामी दिनमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।


कार्यक्रममा बोल्दै प्रर्वी सेक्टर सौरहाका संरक्षण अधिकृत रविन चौधरीले वनको संरक्षणमा स्थानीयको भुमिको बिषयमा प्रकाश पारेका थिए । उनले वन जोगाउन पर्ने र यसको लागि स्थानीयस्तर वाटै सक्रियता आवश्यक रहेको भन्दै सवैलाई सहयोग गर्न अनुरोध गरे । कार्यक्रममा खगेन्द्रमल्ली उपभोक्ता समुहका अध्यक्ष धर्मराज सेढाई,वडा नं ६ का वडा सदस्य राजकुमार तामाङ,खगेन्द्मल्ली रेन्ज पोष्टका रञ्जर अक्षय चौधरी, देवीस्थान मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विक्रम चौधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सभामा संस्थाका सचिव टाइसन लामाले बार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष राधा चौधरीले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रम समुहका अध्यक्ष द्धारिकाराज सेढाइको अध्यक्षतामा सम्पन्न भएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा बगाले पुनः सर्वसम्मत

चितवन — चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा किशोर बगाले पुनः सर्वसम्मत चयन भएका छन्। संघको नयाँ नेतृत्व चयनका क्रममा बगाले दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार कार्यसमिति सदस्यमा युवराज थापा,...

राप्ती–४ को उतराखण्ड सडक स्तर उन्नति हुने । हाम्रो समाचारको औचित्य पूरा हुँदै

चितवन । राप्ती नगरपालिका–४ डडुवास्थित वडा कार्यालय चोकदेखि वडा नं. ४ र ५ जोड्ने भवानिपुर नयाँ पुलसम्मको सडक स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको छ। उक्त सडकको दुवैतर्फ नालासहित स्तरोन्नति गर्ने उद्देश्यले सर्वेक्षणको काम सुरु गरिएको हो। उक्त सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका थिए। अब भने करिब १ हजार ५८०...

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

काठमाडौँ,असोज २८- आगामी मंसिर १ गतेदेखि कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएका छन्। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप गरिएका हुन्। परीक्षा क्षेत्रअनुसार...

मकवानपुरमा मतदाता सूचीबाट ३ हजार ४७२ मतदाताको नाम हटाइयो

मकवानपुर । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति...

प्रदेशसभा सदस्य वीरबहादुर थापाले मलाई राजीनामा पत्र बुझाउनु भएको छ : सभामुख भण्डारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापाले आफूलाई राजीनामा पत्र बुझाएको सभामुख भीमबहादुर भण्डारीले पुष्टि गरेका छन् । बुधबार रातोपाटीसँग कुराकानी गर्दै भण्डारीले आफूलाई थापाले राजीनामा पत्र बुझाएको पुष्टि गरे ।  ‘उहाँले हिजो राजीनामा पत्र बुझाउनु भएको छ । तर, स्वीकृति गरिएको छैन र के गर्ने भन्नेमा म परामर्शमा छु’, उनले रातोपाटीसँग भने । ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०