"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती एकताले बाड्यो ३० वटा चुल्हो

Table of Content

पुर्ण बहादुर मगर
चैत्र ३ / भण्डारा
राप्ती नगरपालिका वडा नं ६ अन्र्तगत रहेका ३० घरपरिवारलाई विजुलीबाट चल्ने चुलहो वितरण गरिएको छ । मंगलवार चितवन राष्ट्रिय निकुञ्ज खगेन्द्रमल्ली उपभोत्त,ा समुह अन्तृगतको राप्ती एकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो १३ औँ बार्षिक साधरण सभामा विजुलीबाट बल्ने चुल्हो वितरण गरेको हो । कार्यक्रम राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले स्थानीय सरकारले गर्नुपर्ने काम र क्रियाकलापमा सामुदायिक वन आफै सक्रिय भएकोमा खुशि व्यक्त गरे । प्रमुख लामाले यस वनले पर्यावरणमा समेत उल्लेखनिय काम गरेको बताए । अहिले अधिकांश वन घाटामा छन तर पनि राप्ती एकताले आफ्नै आम्दानी सहित प्रदेश सम्म पुगेर उपभोक्तालाई सक्रिय बनाएको बताए । आगामी दिनमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।


कार्यक्रममा बोल्दै प्रर्वी सेक्टर सौरहाका संरक्षण अधिकृत रविन चौधरीले वनको संरक्षणमा स्थानीयको भुमिको बिषयमा प्रकाश पारेका थिए । उनले वन जोगाउन पर्ने र यसको लागि स्थानीयस्तर वाटै सक्रियता आवश्यक रहेको भन्दै सवैलाई सहयोग गर्न अनुरोध गरे । कार्यक्रममा खगेन्द्रमल्ली उपभोक्ता समुहका अध्यक्ष धर्मराज सेढाई,वडा नं ६ का वडा सदस्य राजकुमार तामाङ,खगेन्द्मल्ली रेन्ज पोष्टका रञ्जर अक्षय चौधरी, देवीस्थान मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विक्रम चौधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सभामा संस्थाका सचिव टाइसन लामाले बार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष राधा चौधरीले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रम समुहका अध्यक्ष द्धारिकाराज सेढाइको अध्यक्षतामा सम्पन्न भएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बीपीको विकल्प पुष्पलाल राजमार्ग, असारदेखि सवारी चलाउने गरी काम गरिँदै

(काठमाडौं) र (दोलखा) — १४ चैत यता सामान्य पानी पर्नसाथ बीपी राजमार्ग पटक–पटक अबरुद्ध हुँदै आएको छ । यस खण्डमा पर्ने ८ किलोमिटर सडक खोलो तर्काएर बनाइएको छ । जसले गर्दा रोशी खोलामा बाढी आउनसाथ अस्थायी रुपमा बनाइएको डाइभर्सन बगाइदिँदा यातायात ठप्प हुन्छ । यस खण्डमा पर्ने चौकीडाँडादेखि बर्खे खोलासम्म नै बाढीले क्षति गरेको छ । बढी समस्या कटुन्जेबेंसी,...

पूर्वी लिबियामा डुङ्गा दुर्घटना, सात जनाको उद्धार, १७ जनाको मृत्यु

लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको  लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ । सङ्गठनले जारी गरेको विज्ञप्तिमा टोब्रुक सहरको नौसेना आधारबाट गस्ती गरेको जहाजले खोजी तथा उद्धारका लागि अपरेसन सुरु गरेको बताएको छ । दुर्घटनाका कारण जहाजमा रहेका व्यक्तिहरू...

संसद छलेर अध्यादेश ल्याइएको भन्दै नेकपा एमालेको आपत्ति

काठमाडाैं । नेकपा (एमाले) ले सरकारले संसदलाई छलेर एकपछि अर्को अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ ।राष्ट्रिय सभाका लागि नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारको यो कदम असंसदीय र अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभएको हो । नेता दंगालले संविधानले विशेष परिस्थिति र तत्काल केही नगर्नु नहुने अवस्थामा मात्र अध्यादेशको परिकल्पना गरेको उल्लेख गर्दै वर्तमान...

एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च

एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च काठमाण्डौ – अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण थालेपछि उत्पन्न तनावका कारण एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च भएको छ ।  पछिल्लो विवरणअनुसार कच्चा तेलको भाउ १२६ डलर प्रतिब्यारेल पुगेको छ । यो सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च हो । त्यस बेला रुस–युक्रेन...

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश काठमाण्डाै – सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा पुर्‍याउन परमादेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संवैधानिक इजलासले अस्ति मङ्गलवार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०