"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मेरो जीत सुनिश्चित भइसक्यो, घोषणा गर्न मात्र बाँकी छ : उमेदवार बुर्लाकोटी

Table of Content

रत्ननगर । नेपाली कांग्रेस क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी अभियानमा होमिएको बताएका छन् ।

नेपाली कांग्रेस नगरकार्यसमितिको आयोजनामा निर्वाचनलक्षित युवा भेटघाट कार्यक्रममा मनतव्य राख्दै उमेदवार बुर्लाकोटीले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने जेनजी युवाहरुको भावना सम्बोधन गर्न नयाँ युगको पार्टीको रुपमा रुपान्तरिक कांग्रेसका उमेदवारलाई जिताउन जरूरी रहेको बताए ।

कांग्रेसका नेता–कार्यकर्ताहरुलाई चुनावी अभियानमा लाग्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरुले आफ्नो परिवारको भोट सम्हाल्दै गाउँ–टोलमा पुगेर आफ्ना उमेदवारका पक्षमा भोट माग्नुहोस् । तपाईंहरु दृढ संकल्पका साथ लाग्नुभयो भने सभापति गगन थापा प्रधानमन्त्री बन्नुहुनेछ ।’

उनले भने, ‘कसैलाई गालीगलौज नगर्नुहोस् । भीडले भोट आउने होइन, भोट गाउँबस्तीमा छ । कुनाकाप्चामा छ । मतदातासमक्ष पुग्नुहोस् ।’

आफूले ५० वर्षदेखि यही क्षेत्रमा जनताको दुःख–सुखमा काम गर्दै आएको बताउँदै पार्टीले अन्तिमचोटि सम्मान गरेको र यसपटक विपक्षी पार्टीको पनि साथ र समर्थन रहेकाले आफ्नो जीत सुनिश्चित रहेको भन्दै अब घोषणा गर्नमात्र बाँकी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा निर्वाचन संयोजक किरणभूषण ओलीले क्षेत्र नं १ मा आफ्ना जनप्रतिनिधिले गरेका विकासका कामहरु हेरेर पनि कांग्रेस उमेदवार बुर्लाकोटीलाई जनताले मत दिने विश्वास व्यक्त गरे । उनले भने, ‘तपाईंहरु तन, मन र धनका साथ संयमतापूर्वक समय दिएर स्वच्छ छवि बोकेका आफ्ना उमेदवारलाई जिताउन लाग्नुहोस् ।’

यस्तै, नेपाली कांग्रेस रत्ननगर नगरसभापति प्रलाद सापकोटाले राजेन्द्रप्रसाद बुर्लाकोटी आफ्नो जीवनमा कुनै काण्डमा नमुछिएको स्वच्छ छविका नेता भएको बताए । उमेदवार बुर्लाकोटीले सामाजिक र राजनीतिक योगदान दिएका र आफ्नै बलबुतामा सङ्घर्ष गर्दै व्यावसायिकरूपमा अगाडि बढेको उल्लेख गर्दै यसपटक हार्ने छूट नभएकोले सबैले आआफ्नो ठाउँबाट लागी पर्न आग्रह गरे ।

प्रदेश १ (ख) का सभापति गोविन्द गौतमले देशव्यापीरुपमा कांग्रेसका पक्षमा लहर छाएको बताउँदै ८० वर्षको इतिहास बोकेको कांग्रेस रुपान्तरणसँगै नयाँ दृष्टिकोण लिएर आएकाले तरुण र युवाहरुले मतभेद बिर्सेर चुनावी अभियानमा लाग्न आग्रह गरे । क्षेत्र नं १ को विकास र जनताको समस्या समाधान गर्न राजेन्द्र बुर्लाकोटीलाई अधिक मतसहित विजयी गराउनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएकी नेतृ गीता देवकोटालाई सम्मान गरिएको थियो । सो अवसरमा उनले लोकतन्त्र र संविधानको संरक्षणमा आफू लागी पर्ने बताइन् ।

नेपाली कांग्रेस रत्ननगरका सचिव अनिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा नगरउपसभापति कमलनाथ अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा युवा सुजन क्षेत्रीको सक्रियतामा रत्ननगरका विभिन्न वडाबाट ६ दर्जन बढी युवा तथा जेनजी युवाहरु पार्टी प्रवेश गरेका थिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०