"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भण्डारामा बिमला मेकअप स्टुडियो सञ्चालनमा

Table of Content

चितवनको राप्ती नगरपालिका भण्डारामा शनिबारदेखि बिमला मेकअप स्टुडियो सञ्चालनमा आएको छ । सौन्दर्य पेशामा एक दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी बिमला पाठक डल्लाकोटीले भण्डारामा आफ्नो दोस्रो शाखा विस्तार गरेकी हुन् ।

यसअघि मनहरीमा विगत १० वर्षदेखि सफलतापूर्वक पार्लर सञ्चालन गर्दै आएकी डल्लाकोटीले स्थानीय महिलालाई लक्षित गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भण्डारामा नयाँ स्टुडियो सञ्चालनमा ल्याएको बताइन् । आधुनिक मेकअप प्रविधि, अनुभवी जनशक्ति र ग्राहकको आवश्यकता अनुसारको सेवामा स्टुडियो केन्द्रित रहने उनको भनाइ छ ।

स्टुडियो उद्घाटन कार्यक्रम राप्ती नगरपालिका वडा नं. ७ की अध्यक्ष सुमिता डल्लाकोटी तथा सञ्चालिका बिमला पाठक डल्लाकोटीकी सासुआमा रिता कुमारी श्रेष्ठ पाठकले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुमिता डल्लाकोटीले महिलाहरू आत्मनिर्भर बन्ने दिशामा यस्ता व्यवसायले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध हुँदा रोजगारी सिर्जना हुनुका साथै महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने उल्लेख गरिन् ।

स्टुडियो सञ्चालनको अवसरमा निशुल्क स्किन टेष्टको व्यवस्था गरिएको छ भने उद्घाटनको अवसर पारेर सबै सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालिका बिमला पाठक डल्लाकोटीले जानकारी दिइन् । ग्राहकको छाला र आवश्यकताअनुसार सेवा दिन स्किन टेष्ट उपयोगी हुने उनले बताइन् ।

स्टुडियोमा बेहुली श्रृङ्गार, पार्टी मेकअप, हेयर स्टाइलिङ, फेसियल, स्किन केयर, मेनिक्योर, पेडिक्योर लगायत मेकअपसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने जनाइएको छ । साथै आगामी दिनमा व्युटिसियन तालिम समेत सञ्चालन गरिने योजना रहेको सञ्चालिकाले बताइन् । तालिममार्फत स्थानीय युवती तथा महिलालाई स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

स्थानीयस्तरमै गुणस्तरीय सौन्दर्य सेवा र तालिम उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको बिमला मेकअप स्टुडियोले भण्डारा क्षेत्रका महिलाहरूलाई सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । व्यवसायिक अनुभव, सेवाप्रतिको समर्पण र आधुनिक प्रविधिको प्रयोगमार्फत स्टुडियोले आफ्नो पहिचान बनाउने विश्वास सञ्चालिकाको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०