"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक

Table of Content

चितवन । चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक गरिएको छ । नारायणगढस्थित एडम्स लाउञ्ज एण्ड बारमा मंगलबार साँझ आयोजित एक विशेष कार्यक्रमबीच गीतको म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमार्फत नेपालका विभिन्न जातजाति, भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताइएको छ । नेपाल हिमाल, पहाड र तराई गरी विविध भूगोल तथा संस्कृतिले भरिपूर्ण देश भएको र ती छुट्टाछुट्टै पहिचानलाई ‘थरिथरि’ गीतको भिडियोमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ । गीतमा गायक सलिम एम एस एम को आवाज, प्रसन्न शाह को संगीत तथा गोविन्द थापा (हसलर) को र्‍याप समावेश रहेको छ । चितवनको संगीत क्षेत्रमा यी तीनै नाम परिचित रहे पनि पहिलोपटक ‘चित्र’ को ‘थरिथरि’ गीतमा उनीहरू एकसाथ सहकार्य गरेको गायक सलिम एम एस एम ले जानकारी दिनुभयो । उहाँका अनुसार ‘थरिथरि’ गीतको म्युजिक भिडियो चित्रको युट्युब च्यानलमार्फत पनि हेर्न सकिने छ । साथै, संगीतलाई माया गर्ने सम्पूर्ण दर्शक–श्रोतालाई गीतलाई मन पराई माया र थप हौसला प्रदान गर्न आग्रह गरिएको छ । गीत सार्वजनिक कार्यक्रममा चित्र म्युजिक ब्याण्डले आफ्ना प्रत्यक्ष प्रस्तुति समेत राख्दै उपस्थित दर्शक–श्रोतालाई मनोरञ्जन प्रदान गरेको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

pokhara-airport-1787662073

पोखरा–दुबई उडान दिगाे बनाउन पर्यटन व्यवसायीको अग्रसरता

कास्की – आउँदाे असोज ७ गतेदेखि शुरू हुने पोखरा–दुबई सीधा हवाई उडानलाई दिगो बनाउन पाेखराका पर्यटन...
thumb

बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री...
yatayat-bibhag_Fjtt36iW48

बालेन सरकारले सिस्टम फेर्दा यातायातमा बिजोग, लाइसेन्सको फर्म भर्न तथा नवीकरणमा सास्ती

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिमैत्री बनाउने भन्दै सुरु गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गलपासो...
birganj-karakhana (1)

सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

९ भदौं, वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०