"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चेपाङ बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग

Table of Content

बाग्मती

  • खैरहनीको फिटजोन पर्साले चेपाङ समुदायका १६५ विद्यार्थीलाई स्टेशनरी र न्यानाे लुगा तथा खाजा सामग्री जुटाएर उपलब्ध गरेको हो ।

पुस ८, २०८२

रमेशकुमार पौडेल

चितवन — पहाडी गाउँ कान्दाको कान्देश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरीका साथै न्यानो लुगा र खाजा सहयोग पाएका छन् ।

राप्ती नगरपालिका–१३ मा कान्दामा रहेको ८ कक्षासम्म संचालित उक्त विद्यालयमा चेपाङ समुदायका १६५ विद्यार्थी छन् । खैरहनीको फिटजोन पर्साले सहयोग सामग्री जुटाएर आइतबार कान्दामै गएर बालबालिकालाई उपलब्ध गरेको हो ।

कान्दामा लक्ष्मी प्रतिष्ठानले सञ्चालन गरेको कुमार बलराम स्मृति छात्राबासमा निःशुल्क बस्दै आएका ती बालबालिका आडैको कान्देश्वरी विद्यालयमा पढ्दै आएका छन् ।

उनीहरुलाई स्टेशनरी अपुग हुने देखेर पर्सा फिटजोनको सक्रियतामा चितवन जिल्ला शारिरीक सुगठन तथा फिटनेस संघ र चितवन उद्योग संघ खैरहनीको महिला उद्यमी मञ्चसँग सहकार्य गरेर सहयोग जुटाएको स्थानीय अगुवा मुरलीप्रसाद गजुरेलले जानकारी दिए ।

करिब एक लाख रुपैयाँ बराबरको १ हजार ४४० थान कापी, ३ सय वटा पेन्सिल, इरेजर, हृवाइट बोर्डलगायतका शैक्षिक सामान सहयोग गरेको गजुरेलले बताए । त्यसैगरी १६० थान न्यानो टोपी, १७५ जोर मोजा, ५० केजी आलुसहित भुजा, चिउरा, दालमोठ, पाउरोटी, चाउचाउ, बिस्कुट, दन्त मञ्जन, ब्रस जस्ता सामान र गाउँका साना बालबालिका तथा बृद्धबृद्धाका लागि पनि न्यानो कपडा उपलब्ध गराएको उनले बताए ।

राप्ती नगरपालिकाको विकट बस्ती कान्दा पुग्न कम्तीमा तीन घण्टा पैदल पहाडी बाटो हिँड्नु पर्ने बाध्यता छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

donald-trump-1783393778

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने...
bagmati-pradesh-mukhyamantri-office_final_one_VEa022mdcV

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

काठमाण्डौ — बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश...
PM-Modi-1786771336

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०