"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

Table of Content

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, खोजी, राहत तथा उपचारका कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन्।

पूर्वराजा शाहले बुधबार देशवासीका नाममा सन्देश जारी गर्दै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रमा रहेका बजार, बस्ती तथा नागरिक प्रभावित भएको उल्लेख गरेका छन्।

बाढीबाट बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना, खेतीपाती लगायतका भौतिक संरचनामा ठुलो क्षति पुगेको भन्दै उनले घटनाले आफूलाई अत्यन्तै दुःखित तुल्याएको बताएका छन्।

उनले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिक, सुरक्षाकर्मी लगायतको खोजी कार्य तत्काल तीव्र बनाउन आग्रह गरेका छन्।

‘खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन’ सम्बन्धित सबै निकायलाई आग्रह गर्दै पूर्वराजा शाहले सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक सङ्घ–संस्था तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन्।

विपत्तिमा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।

सीमासँग जोडिएका छिमेकी देशमा आएको प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै पूर्वराजा शाहले यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि अलग–अलग प्रयासभन्दा त्रिदेशीय संयुक्त प्रयास प्रभावकारी हुने धारणा पनि व्यक्त गरेका छन्।

सन्देशकोमा उनले ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भनेका छन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

upendra-yadav_j3lS1ILJ07

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०