"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

Table of Content

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक ‘विश्वास निर्माण संयन्त्र’ निर्माणका लागि आह्वान गर्नुभएको छ ।

महासचिव गुटेरेसले हर्मुज जलमार्गको संकट सम्बोधनका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी पनि दिनुभयो ।

यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र त्यसको कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अरू उत्पादनहरूमा पनि विस्तार गर्न सकिने उहाँको भनाइ छ । हर्मुज जलमार्ग र लाल सागरमा भइरहेका निरन्तरका आक्रमण र अवरोधका कारण ऊर्जा, मल र अन्य आधारभूत सामग्रीको ढुवानीमा गम्भीर असर परेको छ ।

त्यसैगरी, युक्रेन द्वन्द्वका कारण तेल, खाद्यान्न र कृषि उपज निर्यातका लागि महत्वपूर्ण मानिने सामुद्रिक मार्गहरू पनि खतरामा परेको उहाँले उल्लेख गर्नुभयो ।

महासचिवले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र अर्बौँ मानिसको जीवन निर्भर रहने खाद्यान्न एवं ऊर्जाको प्रवाहका लागि अत्यावश्यक रहेको बताउनुभयो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

upendra-yadav_j3lS1ILJ07

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०