"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पत्रकारितामा देखिएका विकृति सुधार्न काउन्सिल नेतृत्वमा आएको हो : अध्यक्ष आचार्य

Table of Content

चितवन । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा देखिएका विकृति र विसंगति सुधार्नकै लागि आफू काउन्सिलको नेतृत्वमा आएको स्पष्ट पार्नुभएको छ।

प्रेस काउन्सिल नेपालद्वारा आइतबार चितवनमा आयोजित पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन काउन्सिलले ठोस कदम चाल्ने बताउनुभयो।

“पत्रकारिता पेशा अहिले समस्यामा छ भन्ने कुरा म बुझ्छु,” उहाँले भन्नुभयो, “यदि वर्गीकरण वा अन्य विषयमा कमजोरी छन् भने सुधार गर्न हामी तयार छौँ।” पत्रकारितामा विकृति बढेको भन्दै काउन्सिलमा उजुरीसमेत परिरहेको उल्लेख गर्दै उहाँले पत्रकारले राजनीतिक दलको सदस्यता लिएर वकालत गर्न नपाउने स्पष्ट गर्नुभयो।

कार्यक्रममा सहभागी पत्रकारहरूले आफूहरूले भोग्दै आएका विभिन्न समस्या काउन्सिलको ध्यानाकर्षण गराएका थिए। सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष बसन्त पराजुलीले पत्रकारलाई जिम्मेवार बनाउन आचारसंहिता बुझ्नु र पालना गर्नु अपरिहार्य भएको बताउनुभयो। “केही दिनअघिमात्र यस कार्यक्रम गर्ने निर्णय गरेका थियौँ, काउन्सिल आफैं कार्यक्रम लिएर आउनु खुसीको कुरा हो,” उहाँले भन्नुभयो।

महासंघका उपाध्यक्ष दिपेन्द्र अधिकारीले पत्रकारबाट पनि गल्ती हुन सक्ने भए पनि त्यसलाई स्वीकार गरी सच्याउन तयार हुनुपर्ने धारणा राख्नुभयो। “आचारसंहिताको दफा १४ ले सुधारको अवसर दिएको छ,” उहाँले भन्नुभयो, “पत्रकार पनि मान्छे हो, गल्ती हुन सक्छ, तर राज्यको चौथो अंगका रूपमा चिनिने पत्रकार झन् बढी जिम्मेवार बन्नुपर्छ।”

कार्यक्रममा आचारसंहिता अनुगमन तथा उजुरी सुनुवाइ महाशाखाका प्रमुख रामशरण बोहराले चालु आर्थिक वर्षमा काउन्सिलमा २७० उजुरी परेको जानकारी दिनुभयो। साथै काउन्सिलको स्वअनुगमनमार्फत ५७६ उजुरी संकलन गरी कारबाही प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ।

चितवन जिल्ला अदालत बार एसोसिएसनकी अध्यक्ष फुलमाया रानाभाटले पत्रकारहरू प्रश्नभन्दा सुझाव दिन बढी तत्पर देखिने गरेको टिप्पणी गर्दै “पत्रकारले सुझाव दिने कि प्रश्न सोध्ने ?” भनेर प्रतिप्रश्न गर्नुभयो।

यसैबीच, काउन्सिलको टोलीले आजै नारायणी अनलाइन र सञ्चारपत्र दैनिकको कार्यालय अनुगमनसमेत गरेको छ। अनुगमनमा अध्यक्ष आचार्यसहित काउन्सिल सदस्य नकुल अर्याल, सन्तराम विडारी, सूचना अधिकारी रामशरण बोहरा तथा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीलगायतको उपस्थिति रहेको थियो।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०