"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पत्रकारितामा देखिएका विकृति सुधार्न काउन्सिल नेतृत्वमा आएको हो : अध्यक्ष आचार्य

Table of Content

चितवन । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा देखिएका विकृति र विसंगति सुधार्नकै लागि आफू काउन्सिलको नेतृत्वमा आएको स्पष्ट पार्नुभएको छ।

प्रेस काउन्सिल नेपालद्वारा आइतबार चितवनमा आयोजित पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन काउन्सिलले ठोस कदम चाल्ने बताउनुभयो।

“पत्रकारिता पेशा अहिले समस्यामा छ भन्ने कुरा म बुझ्छु,” उहाँले भन्नुभयो, “यदि वर्गीकरण वा अन्य विषयमा कमजोरी छन् भने सुधार गर्न हामी तयार छौँ।” पत्रकारितामा विकृति बढेको भन्दै काउन्सिलमा उजुरीसमेत परिरहेको उल्लेख गर्दै उहाँले पत्रकारले राजनीतिक दलको सदस्यता लिएर वकालत गर्न नपाउने स्पष्ट गर्नुभयो।

कार्यक्रममा सहभागी पत्रकारहरूले आफूहरूले भोग्दै आएका विभिन्न समस्या काउन्सिलको ध्यानाकर्षण गराएका थिए। सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष बसन्त पराजुलीले पत्रकारलाई जिम्मेवार बनाउन आचारसंहिता बुझ्नु र पालना गर्नु अपरिहार्य भएको बताउनुभयो। “केही दिनअघिमात्र यस कार्यक्रम गर्ने निर्णय गरेका थियौँ, काउन्सिल आफैं कार्यक्रम लिएर आउनु खुसीको कुरा हो,” उहाँले भन्नुभयो।

महासंघका उपाध्यक्ष दिपेन्द्र अधिकारीले पत्रकारबाट पनि गल्ती हुन सक्ने भए पनि त्यसलाई स्वीकार गरी सच्याउन तयार हुनुपर्ने धारणा राख्नुभयो। “आचारसंहिताको दफा १४ ले सुधारको अवसर दिएको छ,” उहाँले भन्नुभयो, “पत्रकार पनि मान्छे हो, गल्ती हुन सक्छ, तर राज्यको चौथो अंगका रूपमा चिनिने पत्रकार झन् बढी जिम्मेवार बन्नुपर्छ।”

कार्यक्रममा आचारसंहिता अनुगमन तथा उजुरी सुनुवाइ महाशाखाका प्रमुख रामशरण बोहराले चालु आर्थिक वर्षमा काउन्सिलमा २७० उजुरी परेको जानकारी दिनुभयो। साथै काउन्सिलको स्वअनुगमनमार्फत ५७६ उजुरी संकलन गरी कारबाही प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ।

चितवन जिल्ला अदालत बार एसोसिएसनकी अध्यक्ष फुलमाया रानाभाटले पत्रकारहरू प्रश्नभन्दा सुझाव दिन बढी तत्पर देखिने गरेको टिप्पणी गर्दै “पत्रकारले सुझाव दिने कि प्रश्न सोध्ने ?” भनेर प्रतिप्रश्न गर्नुभयो।

यसैबीच, काउन्सिलको टोलीले आजै नारायणी अनलाइन र सञ्चारपत्र दैनिकको कार्यालय अनुगमनसमेत गरेको छ। अनुगमनमा अध्यक्ष आचार्यसहित काउन्सिल सदस्य नकुल अर्याल, सन्तराम विडारी, सूचना अधिकारी रामशरण बोहरा तथा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीलगायतको उपस्थिति रहेको थियो।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०