"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली आज टर्कीए जाँदै

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीए प्रस्थान गर्नुहुने भएको छ । टर्कीएको आन्ताल्यामा पर्सिदेखि मङ्सिर ४ गतेसम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले पर्सि सोमबार सम्बोधन गर्नुहुने कार्यक्रम छ । त्यसैगरी उहाँले कात्तिक २५ र २६...
Read more

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

काठमाडौँ, कात्तिक २१ ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनस्स्थापनाका लागि शुक्रबार साँझ काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो । परिषद्ले ठमेलमा शुक्रबार साँझ आयोजना गरेको ‘ठमेल...
Read more

सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

काठमाडौं ,कात्तिक २१- सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे सहमति भएको छ । सहमतिसँगै गएराति डा केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गर्नुभएको छ । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा केसीसँग सहमति गरी अनशन तोडाउनुभएको हो । डा केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो...
Read more

रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँगको भेटवार्ता लगत्तै रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुन सक्ने बताउनुभएको छ । उहाँले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुन सक्ने सङ्केत गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । ह्वाइट हाउस भएको भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यो सम्झौतामा...
Read more

एनपीएलमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै

काठमाण्डौ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । प्रतियोगितामा अपराजित लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । काठमाण्डौ ४ अंकसहित तालिकाको चौथो स्थानमा छ । यसअघि हिजो दुई खेल भएकोमा पोखरा...
Read more

पोखराको लगातार चौथो हार

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको हारको शृङ्खला रोकिएको छैन । लगातार तीन हारपछि कप्तान परिवर्तन गरेर मैदान उत्रिएको पोखराले चितवन राइनोजविरुद्ध पनि हार बेहोरेको छ ।  आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले पोखरालाई ३० रनले पराजित गरेको हो । चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रन...
Read more

दोस्रो जितबाट चितवन तेस्रो स्थानमा, पोखराको लगातार चौथो हार

२० कात्तिक, काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पार्दै तेस्रो स्थानमा उक्लेको छ । चितवन राइनोजले दिएको १५२ रनको लक्ष्ण पछ्याएको पोखरा १९ ओभरमा सबै विकेट गुमाएर १२१ रनमा अलआउट भयो । चार खेलमा चितवनको यो दोस्रो जित हो र...
Read more

चितवनमा धमाधम लालपुर्जा वितरण हुँदै, कति जनाले पाए लालपुर्जा ?

चितवन । जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । त्यसमध्ये एक भूमिहीन दलित, चार भूमिहीन सुकुमबासी र १२ अव्यवस्थित परिवार छन् । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला...
Read more

१९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ – १९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारतसँग खेल्दैछ । ओमानको अल अमेरातमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि कात्तिक २२ गते संयुक्त अरब इमिरेट्स (युएई) र तेस्रो खेल कात्तिक २४ गते...
Read more

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ !

काठमाण्डौ – बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपालमा नुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले आयो नुनको मूल्य प्रतिकिलो...
Read more
1 … 7 8 9 10 11 … 90

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०