"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर

काठमाडौँ । अदालतले कैद सजाय तोकेका कैदीबन्दीलाई निश्चित कैद भुक्तानका लागि कारागारमा राखिन्छ । २४ घण्टा सुरक्षा घेरासहित उनीहरूलाई राज्यले नै भरषपोषणको सुविधा दिएर राखेको हुन्छ, तर केन्द्रीय कारागार सुन्धारामा कैदमा बसेका एक जना कैदी होटलमा भेटिएका छन् । केन्द्रीय बन्दी गृहमा ठगी मुद्दामा कैद भुक्तान गरिरहेका अनुप भण्डारी सामाखुसीस्थित होटल दिपसागरमा पुगेका हुन् ।...
Read more

धान रोपाइँको मुखमा पर्सामा डिएपी मल अभाव, किसान महँगो मूल्यमा भारतबाट खरिद गर्न बाध्य

वीरगञ्ज । धान खेतीको मुख्य सिजन सुरु भएसँगै पर्सा जिल्लामा रासायनिक मलको अभाव चर्किएको छ। विशेषगरी धानको बीउ छर्ने तथा रोपाइँको तयारी गर्ने समयमा आवश्यक पर्ने डिएपी (DAP) मल बजार तथा सरकारी बिक्री केन्द्रहरूमा उपलब्ध नभएपछि किसानहरू समस्यामा परेका छन्। हरेक वर्ष दोहोरिने मल अभावको समस्या यस वर्ष पनि उस्तै देखिएको छ। सरकारी अनुदानको मल...
Read more

पूर्वन्यायाधीशहरूको निर्णय : सम्पत्ति छानबिन आयोगलाई विवरण नबुझाउने

पूर्वप्रधानन्यायाधीश तथा पूर्वन्यायाधीशहरूले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण नबुझाउने निर्णय गरेका छन्। उनीहरूले आयोगले माग गरेको सम्पत्ति विवरण तथा त्यससम्बन्धी जाँचबुझको प्रक्रिया संविधान र प्रचलित कानुनअनुकूल नरहेको निष्कर्ष निकालेका हुन्। पूर्वन्यायाधीशहरूबीच आयोगको पत्रपछि उत्पन्न अन्योलबारे एकीकृत धारणा बनाउन विभिन्न चरणमा छलफल भएको थियो। गत जेठ १७ गते आयोजित छलफलमा पूर्वप्रधानन्यायाधीश, सर्वोच्च अदालतका पूर्वन्यायाधीश, उच्च...
Read more

सगरमाथामा हराएका शेर्पा सातौँ दिनमा फेला

सगरमाथामा हराएका शेर्पा सातौँ दिनमा फेला काठमाण्डाै – सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा सातौँ दिनमा भेटिनुभएको छ । जेठ १५ गते शुक्रवारदेखि हराइहेका शेर्पालाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा फेला पारेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । समितिका कामदारहरूले खुम्बु आइसफल क्षेत्रको डोरी तथा फोहोर व्यवस्थापन गर्ने क्रममा...
Read more

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत काठमाण्डौ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । नेपालले दिएको  ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो । भुटानका लागि डेचेन वाङ्मोले ६० बलमा सर्वाधिक ३९...
Read more

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन काठमाण्डौ – काठमाण्डौ उपत्यकामा ट्राफिक प्रहरीको कारबाहीबाट एकैदिन २२ लाख ७६ हजार भन्दा बढी राजश्व सङ्कलन भएको छ ।  हिजो एकैदिन दुई हजार ४४५ गाडी चालक नियम उल्लङ्घनको कारबाहीमा परेपछि २२ लाख ७६ हजार भन्दा बढी राजश्व सङ्कलन भएको हो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
Read more

आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै

काठमाडौँ । नेपालको पूर्वाधार विकासमा वर्षौंदेखि बाधक रहेका प्रक्रियागत र कानुनी अड्चनहरूलाई सम्बोधन गर्न सरकारले ‘सनसेट कानुन’ ल्याउने गृहकार्यलाई तीव्र पारेको छ । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री स्वर्णिम वाग्लेले विकास निर्माणलाई गति दिन उक्त कानुन ल्याउने घोषणा गरेका छन् । साथै उनले छिटै प्रतिनिधि सभामा यसलाई दर्ता गरिनेसमेत जनाएका छन् ।...
Read more

राजबन्दीलाई कागजपत्र बिना रिहा गर्ने भुटान सरकारको कदमप्रति विश्वव्यापी अभियानको असहमति

काठमाडौं । विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले पर्याप्त कानुनी तथा पहिचानसम्बन्धी कागजात उपलब्ध नगराई तामाङ र हस्तबहादुर राईलाई भारततर्फ पठाउने भुटान सरकारको कदमप्रति गम्भीर असहमति व्यक्त गरेको छ । ‘उनीहरूलाई न त औपचारिक परिचयपत्र दिइयो, न कारागारबाट रिहा गरिएको प्रमाणपत्र, न त उनीहरूको कानुनी हैसियत पुष्टि गर्ने अन्य कुनै आवश्यक कागजात नै उपलब्ध गराइयो । यसले...
Read more

प्रधानन्यायाधीशको बिदाइमा बारको ‘ब्रेक’ तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

काठमाडौं । न्यायपालिकाको नेतृत्वबाट घर फर्किने बेला सर्वोच्च अदालतले अपबाद बाहेक प्रधानन्यायाधीशलाई शुभकामनासहित बिदाइ गर्ने प्रचलन छ ।  नेतृत्वमा आउँदा फुलमाला र खादाले स्वागत गर्ने र अवकास हुँदा मायाको चिनो प्रदान गर्दै सेवानिवृत्त जीवनका लागि शुभकामना दिने प्रचलन पुरानै हो । सर्वोच्च अदालतको जस्तै यतापट्टी सर्वोच्च अदालत बार एशोसिएसनले पनि प्रधानन्यायाधीशको स्वागत र बिदाइ गर्ने...
Read more

सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन

अर्बौँ डलरका एआई कम्पनीहरूले सफ्टवेयर विकासको क्षेत्रमा आफ्नो नियन्त्रण कायम गर्नुभन्दा धेरै अघि म असाध्यै मेहनत गरेर कम्प्युटरमा ‘कोड’ गर्न सिकिरहेकी थिएँ । यो सन् २००० को मध्य दशकको कुरा हो । म आफ्नो घरको कम्प्युटरमा अनियन्त्रित पहुँच पाएको बच्चा थिएँ । आधारभूत स्तरको ‘टेक्स्ट एडिटर’को सहायतामा मैले वेबसाइटहरू बनाउन सिकेकी थिएँ । सुरुमा सामान्यबाट...
Read more
1 … 9 10 11 12 13 … 65

Trending News

Editor's Picks

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०