हिजो ४० हजार तलबमा स्कुल पढाउँथे, आज एक वर्षमै खातामा साढे ६ करोड ! शिक्षक इनम सापकोटाको र’हस्य’मय आर्थिक साम्राज्यले प्रहरी नै चकित !
दुई वर्षअघि काठमाडौंको बाँसबारीस्थित मिल्सबेरी स्कुलमा मासिक ४० हजार रुपैयाँ तलब बुझेर पढाउने इनम सापकोटाको बैंक खातामा एकाएक करोडौं रुपैयाँ ओ’इरि’न थालेपछि अहिले प्रहरी अनु’सन्धा’नको केन्द्रमा उनी परेका छन्। प्रश्न उठेको छ- सामान्य शिक्षकबाट करोडौंको आर्थिक कारोबार गर्ने तहसम्म पुगेका सापकोटाको पछाडि आखिर कसको शक्ति र पैसा थियो ?
बैंकिङ विवरणअनुसार सापकोटाको एउटा खातामा एक वर्षमै ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ। सबैभन्दा ठूलो रकम कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठबाट आएको देखिन्छ। महेशले सात पटक गरेर १ करोड ४२ लाख ५० हजार रुपैयाँ जम्मा गरेका छन्। अदालतमा ठ’गीसम्बन्धी मुद्दा खे’पि’रहेका नवीन तुलाधरले समेत उनको खातामा २० लाख रुपैयाँ पठाएको विवरण छ।
अझ र’हस्यम’य कुरा, खातामा आएको रकम लामो समय नराखी विभिन्न कम्पनीमा प’ठाइएको देखिन्छ। प्रिसाइज हेल्थकेयर टेक्नोलोजी, इन्जिक बिल्डर्स र हिमालयन फ्लोरा इन्टरप्राइजेजका खातामा करोडौं रकम सारिएको छ। एक करोड रुपैयाँ श्रीवृद्धि इन्भेस्टमेन्टबाट आएलगत्तै क्यापिटल म्यासज सेक्युरिटिजमा पुगेको विवरणसमेत सार्वजनिक भएको छ।
प्रहरीसँगको सोधपुछमा सापकोटाले विभिन्न बैंकमा करोडौं रकम रहेको स्वीकार गर्दै त्यो पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भएको दा’बी गरेका छन्। जबराका भाइ प्रभुशमशेरमार्फत रकम परिचालन भएको उनको भनाइ छ। उनले कांग्रेस नेतादेखि पूर्वमन्त्री दीपक खड्का, व्यापारी दीपक भट्ट र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग समेत आफ्नो सम्पर्क रहेको दा’बी गरेका छन्। यी दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
अहिले प्रहरीको अनु’सन्धानले एउटा गम्भीर प्रश्न खडा गरेको छ-४० हजार तलब खाने शिक्षकको खातामा करोडौंको कारोबार कसरी सम्भव भयो ? यो पैसा कसको थियो, किन जम्मा हुन्थ्यो र केही घण्टामै कम्पनीका खातामा किन पुग्थ्यो ? अनुसन्धानले यही पैसाको जा’लोभित्र लुकेको वास्तविक सम्बन्ध र जिम्मेवारीको पर्दा’फास गर्नुपर्नेछ।
