"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

हवाई फायर गरेर पक्राउ गरिएका व्यक्ति लागुऔषधको पटके कारोबारी

काठमाडौँ । प्रहरीले काठमाडौँको तार्केश्वर नगरपालिका–४ मा हवाई फायर गरेर पक्राउ गरेको व्यक्ति लागुऔषधको पटके कारोबारी भएको खुलेको छ । मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दुई राउण्ड हवाई फायर गरेर वीरगन्ज महानगरपालिका–३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा भेटिएका मियाँलाई चेकजाँच गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरेर भाग्न खोजेपछि...
Read more

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

नारायणगढ (चितवन),असोज २८- नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल–स्टेड पुलको निर्माणसम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ । गत भदौ ९ गतेको सचिवस्तरीय निर्णयअनुसार पुल निर्माणको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय स्वीकृत भएपछि मङ्गलबार निर्माणसँग सम्बन्धित सम्पूर्ण आयोजना तथा ठेक्कासम्बन्धी कागजात पुल सेक्टर पोखरालाई हस्तान्तरण गरिएको हो । सडक...
Read more

भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

चितवन,असोज २८- भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ । यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको छ । यससँगै...
Read more

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

काठमाण्डौ – दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट बाहिरिनेको संख्या झण्डै २ लाख पुगेको छ । घटस्थापनायता हिजोसम्म एक लाख ८८ हजार जनाले काठमाण्डौ  उपत्यका छाडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रबिन्द्र खनालले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म २७ हजार ७ सय वटा गाडीबाट एक लाख ८८ हजार जना काठमाण्डौ उपत्यकाबाट...
Read more

दशैँको टीकाअघि नै आरुघाटमा बेलिब्रिज जोडेर गाडी सञ्चालन गरिने

काठमाण्डौ – बुढीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण गोरखा र धादिङ जोड्ने आरुघाटको मुख्य मोटरेबल पक्की पुल बगाएपछि यातायात अवरुद्ध छ । यो क्षेत्रमा यातायात सञ्चालन गर्न सरकारले काम अघि बढाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार पक्की पुल बगाएपछि तत्काल अस्थायी बेलिब्रिज निर्माणका लागि ७ ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माणस्थल पुर्‍याइएको छ । बुढीगण्डकीमा...
Read more

युग कल्याण सहकारीद्वारा भावी नेतृत्व विकास तालिम सम्पन्न

चितवन । युग कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, राप्ती नगरपालिका–४, शिवपुर, चितवनको आयोजनामा भावी नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ। संस्थाका सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, सहकारीको भावी नेतृत्व विकास गर्ने तथा संस्थाको आगामी निर्वाचनमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। कार्यक्रममा संस्थाका ३५ जना...
Read more

नारायणी नदीकिनारको दीर्घकालीन व्यवस्थापनबारे अन्तर्क्रिया

भरतपुर । हालैको बाढीपहिरोले नारायणी नदीकिनार क्षेत्रमा पुर्‍याएको क्षति, तटीय क्षेत्रको कटान नियन्त्रण तथा दीर्घकालीन पुनर्निर्माण र सौन्दर्यीकरणका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको छ । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बाढीका कारण नदीकिनारको क्षति मूल्याङ्कन, कटान रोक्ने स्थायी संरचना निर्माण र दीर्घकालीन नदीकिनार व्यवस्थापनका विषयमा गहन मन्थनसहित भावी रणनीतिबारे चर्चा...
Read more

राष्ट्रपति पाैडेलद्वारा २ वटा अध्यादेश जारी

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्योदश २०८३ जारी गर्नुभएको हो । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो ।...
Read more

रास्वपाका सांसद राजेश कुमार चौधरीको अडियो भाइरल: ‘आउँदो निर्वाचनमा क्षेत्र नम्बर १ का ४१ वटै वार्डमा घण्टीको हार हुने’ दाबी

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य राजेश कुमार चौधरीको भनिएको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। अडियोमा पार्टीको कार्यशैली र संगठनात्मक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै आगामी निर्वाचनमा क्षेत्रका ४१ वटै वडामा पार्टी पराजित हुन सक्ने दाबी गरिएको सुनिन्छ। भाइरल अडियोमा पार्टीको वर्तमान कार्यशैली नसुध्रिए रौतहट क्षेत्र...
Read more

गाडीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने

काठमाण्डौ – नयाँ तथा पुराना गाडी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ । विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै गाडी दर्ता, नामसारी र बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो । विभागका अनुसार पछिल्लो निर्णयअनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक...
Read more
1 … 3 4 5 6 7 … 44

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०