"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

Table of Content

चितवन,असोज २८-

भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ ।

यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको छ । यससँगै ६२२ वटा क्यामेरा महानगरभित्र जडान हुने भएका छन् । जिल्ला प्रहरी कार्यालय परिसरमा कन्ट्रोल रुम बनाएर अनुगमनसमेत थालिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सिसी क्यामेरामा रहेर अनुगमनको काम गर्ने नेपाल प्रहरीका १० जनालाई एक साताको तालिमसमेत दिइएको छ ।

भरतपुर महानगरपालिकाले अनुगमनकर्तालाई तालिम समेत प्रदान गरेको छ । सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीलाई प्राविधिक क्षमता अभिवृद्धि गरिएको हो । एउटै कन्ट्रोल रुममा बसेर महानगरभित्र जडान गरिएका सिसी क्यामेरा अनुगमन गरी ट्राफिक नियम मिच्ने र आपराधिक गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिन सक्नेगरी व्यवस्थापन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पूर्वपश्चिम राजमार्गको टिकौली र नारायणगढ–मुग्लिन सडकखण्डको ओरालोमा स्वचालित नम्बर प्लेट पहिचान प्रणाली र गति मापनसहितको सिसी क्यामेरा राखिएको छ । त्यस्तै मुग्लिन, रामनगर, पुलचोक र रत्ननगरमा अटोमेटिक नम्बर प्लेट रेकर्ड प्रणाली भएको क्यामेरा जडान गरिएको छ । थापाले भन्नुभयो, “जिल्ला प्रहरी र ट्राफिकले एकीकृत कन्ट्रोल रुममार्फत सिसी क्यामेराको अनुगमन गर्नेछन् ।” यसअघि सिसी क्यामेरा नहुँदा धेरै दुर्घटनाका घटना पहिचानमा कठिन भएको जनाउँदै उहाँले अब यो समस्या नहुने बताउनुभयो ।

महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले समाजमा हुनसक्ने आपराधिक क्रियाकलाप, सवारी दुर्घटनालगायतका शान्ति, सुरक्षा र अमनचयनका लागि महानगरले सिसी क्यामेरा जडानमा सहयोग गरेको बताउनुभयो । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने, सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने, अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेल्ने महानगरको विश्वास छ । महानगरपालिकाले समग्र सहरी क्षेत्रलाई लक्षित गरी सिसी क्यामेरा जडान गरिएको जनाएको छ ।

उहाँले भन्नुभयो, “महानगरवासीलाई सुरक्षित बसाइ र अमनचयनका लागि ठूलो खर्च गरेर सिसी क्यामेरा जडान गरिएको हो ।” क्यामेरा जडानपछि उपयोगलाई ध्यानमा दिँदै त्यहाँ रहेर काम गर्ने प्रहरीलाई तालिमसमेत दिइएको अधिकारीले बताउनुभयो ।

भरतपुर महानगरपालिकामा २९ वटा वडा रहेका छन् । एउटा वडामा आवश्यकताअनुसार आठदेखि २० वटासम्म क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले गत आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ५८ लाख २० हजार ६५९ खर्च गरी क्यामेरा जडान गरेको हो । जडान गरिएका क्यामेरामध्ये आठवटा गति मापन गर्ने र चारवटा स्वचालित नम्बर प्लेट पहिचान गर्ने छन् । त्यस्तै, ३६० डिग्री घुमाउन र जुम गर्न मिल्ने नौवटा छन् ।

गति मापन र नम्बर प्लेट पहिचान गर्ने क्यामेरा भरतपुर महानगरपालिका प्रवेश गर्ने नाकामा राखिएका छन् । मानिसको आवतजावत र भीडभाड बढी हुने मुख्य सहरी क्षेत्रमा जडान गरिएको क्यामेरा प्रभावकारी देखिएको छ । प्रहरीको अध्ययनका आधारमा संवेदनशील क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको हो । साथै, नेपाल टेलिकमको तार प्रयोगका लागि टेलिकमसँग सम्झौता भएको छ । कार्यवहाक प्रमुख अधिकारीका अनुसार नेपाल टेलिकम भरतपुरको जिपिएन नेटवर्क प्रयोग गरेबापत वार्षिक रु ४७ लाख भुक्तानी गर्नेगरी सम्झौता गरिएको हो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका

रौतहट । भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश बालबालिका रहेको खबरले स्थानीय क्षेत्र शोकमा डुबेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलवार राति करिब साढे ८ बजे भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी...

मृत हात्तीको बच्चा बोकेको तस्बिरलाई ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६’ को उपाधि

मृत हात्तीको बच्चालाई सुँड र दाह्राको सहायताले बोकेको वयस्क पोथी हात्तीको भावुक तस्बिरले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६’ को उपाधि जितेको छ । इटालीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसीले नामिबियाको हुब नदी उपत्यकामा खिचेको उक्त तस्बिरले वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलतालाई उजागर गरेको छ । हात्तीहरूको गतिविधि नियालिरहेका बेला भेरोनेसीले नामिबियाको सुक्खा नदीको बालुवामा...

हवाई फायर गरेर पक्राउ गरिएका व्यक्ति लागुऔषधको पटके कारोबारी

काठमाडौँ । प्रहरीले काठमाडौँको तार्केश्वर नगरपालिका–४ मा हवाई फायर गरेर पक्राउ गरेको व्यक्ति लागुऔषधको पटके कारोबारी भएको खुलेको छ । मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दुई राउण्ड हवाई फायर गरेर वीरगन्ज महानगरपालिका–३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा भेटिएका मियाँलाई चेकजाँच गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरेर भाग्न खोजेपछि...

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

नारायणगढ (चितवन),असोज २८- नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल–स्टेड पुलको निर्माणसम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ । गत भदौ ९ गतेको सचिवस्तरीय निर्णयअनुसार पुल निर्माणको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय स्वीकृत भएपछि मङ्गलबार निर्माणसँग सम्बन्धित सम्पूर्ण आयोजना तथा ठेक्कासम्बन्धी कागजात पुल सेक्टर पोखरालाई हस्तान्तरण गरिएको हो । सडक...

भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

चितवन,असोज २८- भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ । यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको छ । यससँगै...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०