"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

प्रधानमन्त्री शाह तत्काल संसदमा आउनु हुन्न : रवि लामिछाने

प्रधानमन्त्री शाह तत्काल संसदमा आउनु हुन्न : रवि लामिछाने काठमाण्डाै – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाफ दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनुभएको छ । आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिबारे संसदमा नै...
Read more

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्छ- ज्ञानेन्द्र शाही

राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेर गरेको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सरकारले बनाउने छानबिन समितिको औचित्य नहुने बताए। ‘पहिला पनि यस्तै हुन्थ्यो सरकारका मन्त्रीले गलत गर्थे, आफै छानबिन समिति बनाउँथे, र आफैलाई आफैले निर्दोष सावित गराउँथे अनि विचरा संसदमा...
Read more

स्वास्थ्य बिमा रकम भुक्तानी केही सहज, विगतको बक्यौता क्रमशः पठाइँदै

स्वास्थ्य बिमा रकम भुक्तानी केही सहज, विगतको बक्यौता क्रमशः पठाइँदै काठमाण्डौ – स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी केही सहज हुन थालेको छ । पछिल्लो हप्तामात्रै सरकारले स्वास्थ्य बिमाबापत एक अर्ब तीन करोड रुपैयाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । यसबाट १५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी अस्पतालले बिमाबापतको...
Read more

रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित काठमाण्डौ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड,  श्रम संस्कृति...
Read more

ईभीका लागि देशभरि १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव   

२४ जेठ, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभरि विद्युतीय सवारीसाधन (ईभी) को थप प्रवर्द्धनका लागि मुलुकभरि कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा ईभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभरि १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो । सन् २०३० सम्म...
Read more

फिफा विश्वकप २०२६ मा पहिलो पटक देखिँदैछन् यी विशेषता

फिफा विश्वकप इतिहासमै एकैपटक धेरै परिवर्तन भएको विश्वकप बन्दैछ २३औं संस्करण । यसपटकको विश्वकपमा यस्ता धेरै कुराहरू हुँदैछन्, जुन फिफा विश्वकपको इतिहासमा यसअघि कहिल्यै भएका थिएनन् । २४ जेठ, काठमाडौं । उत्तर अमेरिकाको तीन राष्ट्रमा हुने फिफा २०२६ अब निकै नजिक आइसकेको छ । अहिलेसम्मकै ठूलो र नयाँ नयाँ प्रयोग हुन लागेको फुटबलको महाकुम्भका लागि...
Read more

जीवनको २५ प्रतिशतभन्दा बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउन बाध्य छन् महिला

काठमाडौँ । महिलाहरू पुरुषहरूको तुलनामा लामो समयसम्म बाँच्ने भए पनि उनीहरूको स्वास्थ्य भने त्यति राम्रो नहुने एक रिपोर्टले देखाएको छ ।   वर्ल्ड हेल्थ फोरमको ‘महिला स्वास्थ्य अन्तर’ घटाउने रिपोर्टले विश्वका विभिन्न क्षेत्र र आयस्तरहरूमा महिलाहरूले आफ्नो जीवनको करिब २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउने गरेको देखाएको हो ।  महिला स्वास्थ्यको केन्द्रमा रहेको आजको...
Read more

रास्वपाले आज २९ जिल्लामा जिल्ला अधिवेशन गर्दै

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको २९ वटा जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । हिजो ३६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको रास्वपाले आज भने २९ जिल्लामा अधिवेशन गर्न लागेको हो । आज हुने अधिवेशनबाट जिल्लामा नयाँ नेतृत्व चयन हुनेछ, जसले आसन्न स्थानीय चुनाव र प्रदेश चुनावको तयारीमा लाग्ने छ ।आज कोशी प्रदेशका ४ जिल्ला उदयपुर, सोलुखुम्बु,...
Read more

न बढे गैंडा, न बाँचे अर्ना : मृत्युथलो बन्दै नयाँ बासस्थान

चितवन/लुम्बिनी — दुर्लभ वन्यजन्तुको बासस्थल एकै क्षेत्रमा मात्रै सीमित हुनु संरक्षणका दृष्टिले जोखिमपूर्ण मानिन्छ । महामारी, प्राकृतिक प्रकोप वा मानवीय अतिक्रमणले सिंगो प्रजाति नै सखाप हुन सक्ने खतरा टार्न वन्यजन्तुलाई धेरै ठाउँमा फैलाउनु बुद्धिमानी हुन्छ । यही रणनीतिअनुरूप, कुनै एक बासस्थलमा संख्या धेरै भएका जीवजन्तुलाई उस्तै अनुकूल वातावरण भएको अर्को क्षेत्रमा लगेर राख्ने (स्थानान्तरण गर्ने) चलन नेपालमा...
Read more

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा काठमाण्डाै —   सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ । छानबिनका लागि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा समिति गठन गरेको थियो । कोरला नाकाबाट पैठारी...
Read more
1 … 12 13 14 15 16 … 44

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०