"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने

Table of Content

स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने

काठमाण्डौ – स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कारबाही प्रक्रिया शुरु गरेको छ । आफैँ शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको हो । 

मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब एक करोड ७८ लाख ४४ हजार रुपैयाँ बेरुजु रकम रहेकाले त्यो रकम उठाउने तयारी थालेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका बेथितिहरू क्रमशः हटाउँदै जाने क्रममा पाँच वर्षअघिको बेरुजु असुल गर्ने गरी काम सुरु गरिएको बताउनुभयो ।

उहाँले बढी भएको रकम असुली गर्ने कार्य सुरु भइसकेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको जानकारी दिनुभयो । महालेखा परीक्षकको प्रतिवेदनले करिब पाँच वर्षअघि मेडिकल कलेजको यो प्रवृत्तिबारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुल उपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो ।

त्यसै आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका शय्या सङ्ख्या बराबरको दस्तुरबापतको थप रकम बेरुजुका रूपमा सङ्कलन गरी सञ्चित कोषमा दाखिला गर्न लागेको जनाएको छ ।

स्वीकृतभन्दा बढी शय्या राखी कमाउने मेडिकल कलेजमा भरतपुरको चितवन मेडिकल कलेज, ललितपुरको मेडिसिटी मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज तथा काठमाण्डौको नेपाल मेडिकल कलेजले आर्थिक वर्ष २०७६/७७ देखि शय्या थप गरेकाले त्यही समयदेखिको बेरुजु रकम असुल उपर गरिने मन्त्री मेहताले जानकारी दिनुभयो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...
can_cricket_k8Vyh7isr8

यू–१९ एसिया कप र विश्वकपका लागि छानिएका नेपालको प्रारम्भिक टोलीमा को-को समेटिए ?

आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक...
cm-office-sudurpaschim-(2)_0L8mzQiGiG

सुदूरपश्चिममा १४३ बहुवर्षीय योजना : १४ अर्बको ठेक्का, कामको गति कस्तो ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै प्रदेशका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०