"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई ७ दिनभित्र बक्यौता भुक्तानी गर्न निर्देशन

Table of Content

औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई ७ दिनभित्र बक्यौता भुक्तानी गर्न निर्देशन

काठमाण्डौ – सरकारले औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने ठूला उद्योगीहरूलाई सात दिनभित्र बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हिजो सूचना निकालेर जमिन, भवन, विद्युत् र पानी लगायतका सेवा प्रयोग गरेबापत नियमित बुझाउनुपर्ने महसुल सात दिनभित्र बुझाएर बक्यौता रकम राफसाफ गर्न भनेको हो ।

लिमिटेडले तोकिएको म्यादभित्र बक्यौता रकम नतिरेमा सम्झौताको शर्त एवम् नियमानुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । लिमिटेडका अनुसार बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित १५१, हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित १३१ र पाटन औद्योगिक क्षेत्रभित्र सञ्चालित ९४ उद्योगहरूले बक्यौता रकम तिरेका छैनन् ।

यस्तै पोखरा, बुटवल, वीरेन्द्रनगर, भक्तपुर र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूले पनि बक्यौता तिर्न बाँकी छ । उद्योगहरूले नियमित रूपमा जग्गा बहाल, भवन बहाल, विद्युत् महशुल र पानी महशुल नबुझाउँदा औद्योगिक क्षेत्रभित्र नयाँ पूर्वाधार निर्माण गर्न, पुराना संरचना मर्मत सम्भार गर्न र साना उद्योगलाई समेत सेवा दिन गम्भीर आर्थिक सङ्कट परेको सूचनामा उल्लेख छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०