"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

बालेनसँग निहुँ खोज्दा ओली पनि सकिए, एमाले पनि कमजोर बन्यो रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले) का नेता रघुजी पन्त ले पार्टी नेतृत्वको पछिल्लो रणनीतिप्रति असन्तुष्टि जनाउँदै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग अनावश्यक टकरावले एमालेलाई ठूलो राजनीतिक क्षति पुगेको बताएका छन्। पन्तले बालेन शाहसँग विवाद र दुश्मनीको राजनीति गर्नु एमालेका लागि महँगो साबित भएको दाबी गर्दै, यदि पार्टी अध्यक्ष केपी शर्मा ओली ले बालेनसँग निहुँ...
Read more

फिफा विश्वकप २०२६ : फुटबलसँगै संगीतको विश्वव्यापी महाउत्सव, शाकिरादेखि बीटीएससम्मको जमघट

काठमाडौं । फिफा विश्वकप २०२६ भोलिबाट सुरु हुँदैछ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणले फुटबल इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताको कीर्तिमान बनाउने मात्र होइन, संगीत र मनोरञ्जनको भव्य महोत्सवका रूपमा पनि नयाँ पहिचान स्थापित गर्ने तयारी गरेको छ। ४८ टोली सहभागी रहने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्। प्रतियोगिताको उद्घाटन मेक्सिको सिटीस्थित ऐतिहासिक...
Read more

नेयमारले समुहको पहिलो खेल गुमाउने

लन्डन, (एजेन्सी) । ब्राजिलका स्टार फुटबलर नेयमारको फिटनेसलाई लिएर ठूलो राहतको खबर सार्वजनिक भएको छ । ब्राजिलीयन फुटबल कन्फेडेरेशन (सीबीएफ) ले बतायो कि दायाँ खुट्टामा लागेको चोटबाट उनी मुक्त भइरहेका छन् । सीबीएफले जनाएअनुसार ३४ वर्षीय नेयमारको रिकभरी सोचेजस्तो भइरहेको छ । तर, उनको मैदानमा फर्कने कुनै निश्चित भने नभएको जनाएको छ । सीबीएफले बतायो...
Read more

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’ काठमाण्डाै – सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना कसैलाई पनि नदिन भनेको हो ।...
Read more

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो काठमाण्डौ – आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ ।  भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो । ...
Read more

सूचीकरण प्रणालीमा झण्डै २५ लाख किसान आबद्ध : अझै १६ लाख किसान सूचीकरण हुन बाँकी

सूचीकरण प्रणालीमा झण्डै २५ लाख किसान आबद्ध : अझै १६ लाख किसान सूचीकरण हुन बाँकी काठमाण्डौ – कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै २५ लाख किसान आबद्ध भएका जनाएको छ । किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले...
Read more

चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया

चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया चितवन – चितवन मेडिकल कलेज (सीएमसी) मा २१ वर्षीया युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । अस्पतालका ‘इन्टरभेन्शनल रेडियोलोजिस्ट’ डा. विवेककुमार साह र ‘कार्डियोभास्कुलर सर्जन’ प्रा. डा. अनिल आचार्यको टोलीले...
Read more

बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै थप फैलिन नदिन आकस्मिक कार्य सुरु

बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै थप फैलिन नदिन आकस्मिक कार्य सुरु काठमाण्डौ – सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ ।   पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लामा पन्छी नष्ट गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ७२ फार्मका करिब पाँच लाख १५...
Read more

‘सन् २०५० सम्म हवाई उडानलाई ‘नेट जिरो’ बनाउन असम्भव’

काठमाडौं । वैश्विक उड्डयन उद्योगलाई सन् २०५० सम्ममा पूर्ण रूपमा कार्बनमुक्त अर्थात् ‘नेट जिरो’ बनाउने लक्ष्य अधुरै रहने आशंका बढेको छ । विश्वभरका एयरलाइन्स प्रमुखहरूले ब्राजिलको रियो दी जेनेरियोमा आयोजित एउटा सम्मेलनमा हालको गतिलाई हेर्दा यो समयसीमाभित्र वातावरणीय संकल्प हासिल गर्नु व्यावहारिक नभएको स्वीकार गरेका छन् । वैश्विक एयरलाइन्स संस्था इयाटा र बेलायतसहित धेरै देशका सरकारले मात्र...
Read more

औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई ७ दिनभित्र बक्यौता भुक्तानी गर्न निर्देशन

औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई ७ दिनभित्र बक्यौता भुक्तानी गर्न निर्देशन काठमाण्डौ – सरकारले औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने ठूला उद्योगीहरूलाई सात दिनभित्र बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हिजो सूचना निकालेर जमिन, भवन, विद्युत् र पानी लगायतका सेवा प्रयोग गरेबापत नियमित...
Read more
1 … 11 12 13 14 15 … 44

Trending News

Editor's Picks

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश 

काठमाडौँ — ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर र हालका प्रधानमन्त्री वालेन्द्र शाहले २५ चैत २०७९ मा लेखेको फेसबुक पोस्ट हो यो ।  यो पोस्टकै आधारमा काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द...

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो । बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब...

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाण्डौ – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गर्नुभयो । सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । नवयुवा आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । ठूलो क्षति हुँदा पनि...

भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप, ५०० बेडको स्वीकृति भएपनि १०० बेडको मात्र दरबन्दीले सञ्चालनमा कठिनाइ

भरतपुर, मंसिर १- भरतपुर अस्पतालमा चाडपर्व पछिको समयमा बिरामीहरूको भीड लागेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको हो। डा बगालेले दिएको जानकारी अनुसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा...

राप्ती नदी बचाउन जुटे स्थानीय, १६ भन्दा बढी स्थानमा एकैसाथ सरसफाइ अभियान !

राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ। नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०