"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया

Table of Content

चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया

चितवन – चितवन मेडिकल कलेज (सीएमसी) मा २१ वर्षीया युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

अस्पतालका ‘इन्टरभेन्शनल रेडियोलोजिस्ट’ डा. विवेककुमार साह र ‘कार्डियोभास्कुलर सर्जन’ प्रा. डा. अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो ।

डा. साहका अनुसार चितवनको इच्छाकामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि तीन दिनअघि अस्पताल आएकी थिइन् । परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो ।

कार्डियोभास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डा. साहले चिरफार नगरी आधुनिक ‘न्युरो इन्टरभेन्शनल’ प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो । एक हजारमा एक जनालाई यस्ताे समस्या देखिन्छ ।

डा. साहका अनुसार मानिसमा शरीरको प्रतीरक्षा प्रणाली कमजोर हुँदा नसा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ । चिरफार नगरी धेरै शल्यक्रिया भएका भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डा. साहले बताउनुभयाे ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Ngt-butwan-Road-1280x720

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन, २१ साउननिर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला...
bp-1-1280x720 (1)

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन, २१ साउनबिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय...
Nepal_rast_bank_fyPZlbnJCb (1)

डिजिटल बन्दै खुला बजार कारोबार, राष्ट्र बैंकले लागू गर्‍यो संशोधित कार्यविधि

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला...
Arrestq-1735631732

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मंगलबार पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा...
20th-asian-games-1785977091

२० औँ एसियन गेम्समा नेपालका १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

२० औँ एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०