"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

उजाड टुँडिखेललाई हराभरा बनाउने अभियान : सुरु भयो दुबो रोप्ने काम

काठमाडौँ। राजधानीको मुटुमा रहेको ऐतिहासिक तथा खुला सार्वजनिक क्षेत्र टुँडिखेललाई थप हरियाली, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यका साथ विशेष अभियान सुरु गरिएको छ।  ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत टुँडिखेलको खुला मैदानमा दुबो रोप्ने कामको औपचारिक सुरुवात गरिएको हो। काठमाडौँ महानगरपालिका, नेपाली सेना तथा अन्य सम्बन्धित निकायहरूको आपसी समन्वय र सहकार्यमा टुँडिखेलको खुला क्षेत्रमा दुबो रोप्न थालिएको...
Read more

ट्याटुको आधारमा पहिचान खुल्यो बोराभित्र फेला परेको शवको

काठमाडौँ । झापाको गौरादह नगरपालिका र दमकको सिमानास्थित रतुवा खोलाको पुलमुनि केही दिन अघि बोरामा प्याक गरिएको अवस्थामा फेला परेको युवतीको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक युवती दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको हो। प्रहरीले शवको पहिचान खुलाउन मृतकको बाँया हातमा रहेको ट्याटुको...
Read more

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने काठमाण्डौ — साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने भएको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा हिजो भएको समूह ‘बी’को अन्तिम खेलमा घरेलु टोली भारतले बङ्गलादेशलाई ३–० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पूरा भएको हो । अब सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ...
Read more

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै काठमाण्डाै – प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ । यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो । बैठकमा प्रतिनिधिसभा...
Read more

नेपालले भारतको सीमा मिचेको प्रधानमन्त्री बालेनको भनाइपछि के–के लेखे भारतीय मिडियाले ?

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले नेपालभित्र मात्र होइन, भारतका प्रमुख सञ्चारमाध्यमहरूमा समेत व्यापक चर्चा पाएको छ। विशेषगरी नेपाल–भारत सीमा विवादबारे बोल्ने क्रममा उनले “भारतले नेपाली भूमि अतिक्रमण गरेको मात्र होइन, नेपालले पनि केही भारतीय भूभाग अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको” बताएपछि भारतीय सञ्चारमाध्यमहरूले त्यसलाई मुख्य समाचारका रूपमा प्रस्तुत गरेका छन्।...
Read more

आज भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् । रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग समेत संवाद गर्ने रास्वपाले जनाएको छ ।  रविसँगै श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र...
Read more

अन्तर्राष्ट्रिय बजारमा बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत

अन्तर्राष्ट्रिय बजारमा बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत काठमाण्डौ —नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । निगमका अनुसार यसअघिजस्तै पेट्रोलको भाउ पहिलो वर्गको लागि लिटरको २ सय १४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको लागि २...
Read more

गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आईपीएल क्रिकेटको उपाधि

गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आईपीएल क्रिकेटको उपाधि काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेको छ । गएराति भएको खेलमा बेङ्गलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८ ओभरमा ५ विकेट गुमाएर भेट्यायो । बेङ्गलुरुका विराट कोहलीले अविजित ७५ रन बनाए...
Read more

प्रधानन्यायाधीशलाई परिषद् अध्यक्ष राख्ने सरकारको प्रस्ताव सर्वोच्चद्वारा अस्वीकार

प्रधानन्यायाधीशलाई परिषद् अध्यक्ष राख्ने सरकारको प्रस्ताव सर्वोच्चद्वारा अस्वीकार काठमाण्डाै – प्रधानन्यायाधीशलाई निःशुल्क कानूनी सहायता परिषद्को अध्यक्षमा राख्ने सरकारको प्रस्ताव सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चका सम्पूर्ण न्यायाधीश संलग्न पूर्ण बैठकले प्रधानन्यायाधीश परिषद्को अध्यक्ष बस्दा विवादमा पर्न सक्ने निष्कर्षसहित अस्वीकार गरेको हो । परिषद्को कार्यकारी समितिमा कानूनमन्त्रीलाई अध्यक्षमा राख्ने सरकारको प्रस्तावसमेत सर्वोच्चले अस्वीकार गरेको छ ।...
Read more

‘आकारमा ठूलो देखिए पनि आगामी आर्थिक वर्षको बजेट जिडिपीको अनुपातमा सानो हो’- अर्थमन्त्री वाग्ले 

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा सानो भएको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री डा. वाग्लेले यस्तो बताएका हुन् ।  उनले हेर्दा आकारका हिसाबले बजेट ठूलो देखिए पनि बजेट त्यो भन्दा सानो भएको बताएका छन् ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट...
Read more
1 … 42 43 44 45 46 … 94

Trending News

Editor's Picks

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

चितवन । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मंसिर ७ गते चर्चित नेपाली सांगीतिक समूह कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ । साँझ ५ बजेपछि ९ बजेसम्म उक्त कन्सर्ट हुने । महोत्सवमा दिनदिनै नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति तथा आदिवासी जनजातीको साँस्कृतिक...

चितवनका सीडीओको स्टन्ट फ्लपः दुई महिनादेखि ‘राइनो क्रुज’ नारायणीमा बेवारिसे

चितवनः चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’ बेवारिस बनेको छ। नेपालको जलपर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने दाबीका साथ सञ्चालनमा ल्याइएको क्रुज नदीको गैँडाकोटतर्फ दुई महिनादेखि भग्न र खिया लागेको अवस्थामा लडिराखेको छ। गत असोज ११ मा नारायणी नदीमा आएको बाढीले गैँडाकोट स्टेसनबाट ६० टनको क्रुज बगाएको थियो। बाढीको...

पिठुवा सिंचाईको ३२ औं साधारणसभा: नहर संरक्षणमा उपभोक्ता आफैँ सचेत हुनुपर्छ : उपप्रमुख पाठक

रत्ननगर। रत्ननगर–१६ स्थित पिठुवा सिँचाइ जल उपभोक्ता संस्थाको ३२औँ साधारण सभा शनिवार सम्पन्न भएको छ। सभामा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले सिँचाइ नहरको संरक्षणका लागि उपभोक्ता आफैँ सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ। उपप्रमुख पाठकले सिंचाई नगरको छेउछाउबाट ढुंगा, गिट्टी निकाल्न सिफारिस दिने पनि पिठुवाबासी नै हुने र उत्खनन गरेर बिक्री गरी आम्दानी गर्ने पनि...

पाँच एमओयू तथा सम्झौतापत्र टुंगियो, चारवटामा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भ्रमणमा नेपाल र भारतबीच हस्ताक्षर हुने पाँचवटा समझदारी (एमओयू) तथा सम्झौतापत्रको टुंगो लागेको छ । “प्रधानमन्त्रज्यूको भारत भ्रमणमा दुई देशबीच पूर्वाधार, शिक्षा, खेलकुद, स्वास्थ्य लगायतका क्षेत्रमा पाँचवटा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “अझै थप चारवटा एमओयू तथा सम्झौतापत्रमा छलफल चलिरहेको छ ।...

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

काठमाण्डौ – चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या पनि बढेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा धेरै देखिन्छ । तथ्याङ्कअनुसार पछिल्लो एक हप्ताको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट १ हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०