"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक, न्यायाधीशबीच राय बाझियो

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक, न्यायाधीशबीच राय बाझियो काठमाण्डौ — निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने गरी सरकारले ल्याएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको बहुमतको रायमा यस्तो आदेश आएको हो ।...
Read more

आईपीएल क्रिकेटमा दिल्लीले पञ्जावलाई तीन विकेटले हरायो

आईपीएल क्रिकेटमा दिल्लीले पञ्जावलाई तीन विकेटले हरायो काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई हराएको छ ।  हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ५ विकेट गुमाएर २१० रन बनाएको थियो । पञ्जावले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।  पञ्जाब किंग्सको यो...
Read more

देशका केही ठाउँमा वर्षा : अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना

देशका केही ठाउँमा वर्षा : अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना काठमाण्डौ – अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा देशका धेरैजसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  म्याग्दीको तातोपानी स्टेशनमा सबैभन्दा धेरै ९८ मिलिमिटर वर्षा मापन भएको...
Read more

एसईईको नतिजामा सुधार, ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजामा सुधार, ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण काठमाण्डौ — एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा सकिएको २९ दिनमा हिजो नतिजा सार्वजनिक भएको हो । यसपालि एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पोहोर ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । परीक्षामा दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी ग्रेडेड र...
Read more

सङ्घीय संसद्को अधिवेशन शुरू, संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सङ्घीय संसद्को अधिवेशन शुरू, संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै काठमाण्डाै – सङ्घीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै संसद्को अधिवेशन शुरू भएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो । त्यसपछि अघि...
Read more

भारतीय प्रधानमन्त्री माेदीकाे अपील : ‘घरबाटै काम गर्नु, एक वर्षसम्म सुन नकिन्नु’

भारतीय प्रधानमन्त्री माेदीकाे अपील : ‘घरबाटै काम गर्नु, एक वर्षसम्म सुन नकिन्नु’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा चलिरहेको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न नागरिकलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ । प्रधानमन्त्री मोदीले कोभिड–१९ महामारीको सम्झना दिलाउने मितव्ययिताका उपायहरूले भारतको इन्धन...
Read more

निजी क्षेत्रको पुँजीबिना देशको विकास सम्भव नहुने अर्थमन्त्री वाग्लेको भनाइ

निजी क्षेत्रको पुँजीबिना देशको विकास सम्भव नहुने अर्थमन्त्री वाग्लेको भनाइ काठमाण्डौ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पुँजी अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षको बजेटका लागि पेस गरेको सुझाव ग्रहण गर्दै उहाँले कानुनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो । उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले...
Read more

नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत काठमाण्डाै – सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएकाे छ । आज बसेकाे बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे । आज दिउँसाे...
Read more

देशभर मूल्य पारदर्शिता र सरसफाइ सप्ताह शुरु

देशभर मूल्य पारदर्शिता र सरसफाइ सप्ताह शुरु काठमाण्डौ — बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गरिएको हो । बजारमा हुने गैरकानुनी क्रियाकलाप रोक्नसप्ताहव्यापी अभियानले ‘कोसेढुङ्गा’ को...
Read more

राप्ती नगरपालिका वडा नं. ९ मा सिपमूलक तालिमको उद्घाटन कार्यक्रम सम्पन्न

राप्ती नगरपालिका वडा नं. ९ मा लक्षित वर्गका लागि सञ्चालन गरिने सिपमूलक तथा टोल विकास व्यवस्थापन तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रम आज श्री दूधकोशी नमूना सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता राप्ती नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खड्कबहादुर तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राप्ती नगरपालिकाका...
Read more
1 … 41 42 43 44 45 … 73

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०