काठमाडाैं- ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही ले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन्।
सोमबार संसद्मा बोल्दै उनले प्रमाणबिना गरिएको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्याल सँग आग्रह गरे।
शाहीले प्रधानमन्त्रीले उठाएको विषय सामान्य टिप्पणी नभई गम्भीर राष्ट्रिय सरोकारको विषय भएकाले तथ्यका आधारमा मात्रै बोल्नुपर्ने बताएका छन्।
