"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सार्वजनिक पदाधिकारीको गैरकानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह

सार्वजनिक पदाधिकारीको गैरकानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह काठमाण्डाै – सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ । आयोगले राजनीतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैरकानूनी ढङ्गले सम्पत्ति आर्जन गरेको आशङ्का भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो । आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले...
Read more

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

चितवन । मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ । यसवर्ष एक हजार २६० रानो वितरण गर्न लागिएको हो । कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक किसानलाई सहुलियत मूल्यमा वितरण थालनी गरेको हो । कार्यालयका प्रमुख सुजन अंगाईका अनुसार अहिलेसम्म ९५किसानलाई ५१२ रानो वितरण गरी सकिएको छ । यसमध्ये १३९ रानो...
Read more

बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अनुपस्थितिमै सुरु भएको छ ।  संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा बिहीबार छलफल सुरु भएको हो । नीति तथा कार्यक्रम बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले टेबल गरेका थिए । तर विपक्षी दलले नीति तथा...
Read more

दुलालको प्रश्न– लोकतन्त्रमा दलहरूले राम्रो काम गरेनन् भने दलीय व्यवस्थामा प्रतिबन्ध हुन्छ ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक युवराज दुलालले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्धनका निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सदनमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै दुलालले लोकतन्त्रमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध नै नलाग्ने दाबी गरे । उनले विद्यार्थी संगठनका गतिविधि र भूमिकाको सीमा भने तोक्न सकिने बताए ।  “लोकतन्त्रमा संगठनहरूलाई प्रतिबन्ध लगाउन...
Read more

प्रतिनिधिसभा बैठक : अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सिंहदरबास्थित संघीय संसद् भवनमा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।       बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री...
Read more

सरकारी अस्पतालको जग्गामा बनेका अनधिकृत संरचनामा ‘डोजर चलाउने’ स्वास्थ्य मन्त्रालयको तयारी

काठमाडौं- सरकारी अस्पतालको स्वामित्वमा रहेका जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कडा कदम चाल्ने तयारी गरेको छ। मन्त्रालयले देशभरका संघीय अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई अतिक्रमणको विवरण संकलन गरी आवश्यक परे डोजर प्रयोग गरेर संरचना हटाउन निर्देशन दिएको हो। मन्त्रालयको आन्तरिक प्रशासन शाखाबाट बुधबार जारी पत्रअनुसार अस्पतालको नाममा रहेका जग्गाजमिन तथा भौतिक...
Read more

सम्पत्ति विवरण बुझाउन पूर्व प्रधानमन्त्रीदेखि उच्च कर्मचारीसम्मलाई आयोगको ३० दिने म्याद

काठमाडौं । सम्पत्ति छानबिन आयोग, २०८३ ले विगत २० वर्षको अवधिमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । आयोगले आर्थिक वर्ष २०६२/६३ देखि २०८२/८३ चैत मसान्तसम्मको अवधिमा बहाल रहेका वा हाल अवकाश पाइसकेका राजनीतिक पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारको सदस्यको नाममा...
Read more

भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण ५६ जनाको ज्यान गयो

भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण ५६ जनाको ज्यान गयो काठमाण्डौ – भारतको  उत्तर प्रदेशमा गए राति आएको ठूलो आँधी र वर्षाका कारण ५६ जनाको ज्यान गएको छ  । दर्जनौँ मानिस घाइते भएका छन् ।  भारतीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ । तीव्र गतिको हावाहुरीका कारण सयौँ रूखहरू...
Read more

स्वास्थ्य मन्त्रालयद्वारा देशैभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग

स्वास्थ्य मन्त्रालयद्वारा देशैभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग काठमाण्डौ – स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ ।  मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि मागेको छ । मन्त्रालयले आफ्नो जग्गाको...
Read more

सगरमाथा आरोहण मार्ग निर्माण कार्य सकियाे, खुल्यो आरोहण

यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ । सगरमाथा आधारशिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुला भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २ पुसमा सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग संघ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो । बुधबार १०ः२५...
Read more
1 … 39 40 41 42 43 … 73

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०