"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस काठमाण्डाै – आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास, विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष मे २२ मा मनाइने यो दिवस सन् १९९२ मा जैविक विविधता महासन्धि अङ्गीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको हो । एकातिर जैविक विविधता सङ्कटमा पर्दै गएको छ भने अर्कातिर...
Read more

नारायणी नदी उत्खनन व्यवस्थित बनाउन निर्देशन

नवलपरासी । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ । समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रुपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो । समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ...
Read more

शक्तिशाली र लोकप्रिय भएपनि प्रधानमन्त्रीले मनलाग्दी गर्न पाउनुहुन्न : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले शक्तिशाली र लोकप्रिय छु भन्दैमा जे मन लाग्यो त्यही गर्न नपाउने बताएका छन्।  नेपाली कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानको कोशी प्रदेशस्तरीय कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै सभापति थापाले सङ्ख्यामा जति नै शक्तिशाली र लोकप्रिय भएपनि संविधान, कानुन ऐन र नियममा बाँधिनुपर्ने बताए। ‘म शक्तिशाली छु, लोकप्रिय...
Read more

जापानमा नेपालीबाटै ठगिए नेपाली विद्यार्थी : दर्जनौँ विद्यार्थीको लाखौँ ठगेर भट्ट फरार

काठमाडौँ । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई काम लगाइदिन्छु भन्दै एक नेपालीले दर्जनौँ विद्यार्थीलाई ठगेको पाइएको छ । नुवाकोट घर भएर अहिले जापानको टोकियो बस्दै आएका प्रदिप भट्ट कलेज पास भएका विद्यार्थीहरूलाई फर्जी डकुमेन्ट देखाएर पैसा उठाएपछि फरार भएका छन् । भट्टलाई पैसा बुझाएका विद्यार्थीहरू भने विचल्लीमा परेका छन् । दर्जनौँ विद्यार्थीहरूलाई भिसाको समय थपिदिने, काम...
Read more

जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा

जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा काठमाण्डाै – सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बिहीवारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो । सरकारले गएको फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने...
Read more

ट्रेड युनियन हटाइएको सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा

काठमाडौँ । कर्मचारीमा ट्रेड युनियनको प्रावधान हटाइएको सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई भूमि व्यवस्था सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन बनाउनका लागि प्रक्रिया अगाडि बढाएको छ । सङ्घीय संसद्को अधिवेशन रोकेर ल्याएको अध्यादेशलाई प्रस्तावित विधेयक बनाएर मन्त्रालयले अगाडि बढाएको हो । मन्त्रालयका सहसचिव तथा सामान्य प्रशासन हेर्ने प्रवक्ता एकदेव अधिकारीले विधेयकको मस्यौदा अगाडि...
Read more

दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै

दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै काठमाडौं ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । यसअघि बुधबार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई...
Read more

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो काठमाण्डौ – आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ ।  आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९३ हजार ८०० रुपैयाँ थियो ।  त्यस्तै चाँदीको...
Read more

संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग

संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग काठमाण्डौ – संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत, दलित, महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिएका छन् ।  राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि, पहुँचको सुनिश्चितता र विद्यमान कानुनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने...
Read more

एसपी गोविन्द पुरीको चितवन ‘कमान्ड’ : हनी ट्रयापरदेखि क्रिप्टोसम्मका आरोपित पक्राउ

भरतपुर । चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी सरूवा भएका छन् । बुधबार बिदा भएका उनको ठाउँमा अर्का एसपी रामेश्वर पौडेल आएका छन् । एसपी पुरीले आफ्नो कार्यकालमा चितवन जिल्लामा रहँदा हनी ट्रयापर, क्रिप्टो करेन्सी कारोबारी, लागूऔषध नियन्त्रण, हत्या घटनाका फरार आरोपित पक्राउजस्ता घटनामा उल्लेखनीय काम गरेको देखिन्छ । लागूऔषध नियन्त्रणमा उनको विशेष पहल रह्यो...
Read more
1 … 30 31 32 33 34 … 73

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०