"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कांग्रेसको १५औँ महाधिवेशन : नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस

Table of Content

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ ।

महाधिवेशन उद्घाटन समारोह खुलामञ्चमा दिउँसो २ बजे हुनेछ । महाधिवेशनका लागि देशभरबाट ७ हजार भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।

महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । महाधिवेशनमा विदेशी प्रतिनिधिहरुलाई पनि आमन्त्रण गरिएको छ । उद्घाटन समारोहपछि महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम भोलि र पर्सि हुनेछन् । त्यसपछि असोज २१ र २२ गते नेतृत्व चयनका लागि चुनावी कार्यक्रम राखिएको छ ।

१५औँ महाधिवेशनको मुख्य आकर्षण कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन हो । गएको पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसले नियमित महाधिवेशन गर्न लागेको हो । महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ ।

सहमहामन्त्रीका ११ पदमा पनि विभिन्न नेताहरूले दाबी प्रस्तुत गर्न थालेका छन् । महाधिवेशनले २४० सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने व्यवस्था गरिएको छ । विधानअनुसार १७१ जना पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचनबाट आउने र बाँकी ६१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

विधान संशोधनमार्फत ३५ वर्षमुनिका युवाको केन्द्रीय प्रतिनिधित्व सुनिश्चित गर्ने विषयसमेत अघि सारिएको छ । १५औँ महाधिवेशन कांग्रेसभित्रको आन्तरिक विवादका बीच हुन लागेको हो ।

पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तन र त्यससँग जोडिएका निर्णयमाथि असहमति जनाउँदै कानुनी प्रक्रियासमेत अघि बढाएको थियो । तर नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा देउवा समूहले पनि आफ्नो संगठनात्मक तयारीलाई तीव्रता दिएको छ ।

महाधिवेशनका लागि कांग्रेसले झण्डै ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्य कायम गरेको विवरण सार्वजनिक भएको छ । महाधिवेशन अवधिभर प्रतिनिधिका लागि भृकुटीमण्डपमा बिहान र दिउँसोको खाना उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि साढे तीन करोड अनुदान

काठमाण्डौ – सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा तीन करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन आह्वान गरेको हो ।...

सुनकोशीमा जीप खस्दा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव भेटियो

काठमाण्डौ – सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथान मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा जीप खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव भेटिएको छ । काठमाण्डौबाट यात्रु लिएर खोटाङका लागि छुटेको जीप गएको एक गते राति सुनकोशीमा खसेको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र त्यही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव फरक फरक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०