"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बेनी–जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

Table of Content

काठमाण्डाै – गएकाे हप्ताकाे वर्षापछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढी पहिरोले मालढुङ्गाबाट घाँसासम्म झन्डै ५० किलोमिटर दूरीमा ४६ भन्दा धेरै ठाउँमा सडक अवरुद्ध भएको थियो ।

मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानी र पर्वतको मालढुङ्गाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी गाडी सञ्चालन भएको छ । रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा रहेकाे राहुघाट जलविद्युत् आयोजनाको विद्युत‍्गृह र स्विचयार्ड परिसरमा रहेको ‘ग्यान टिटावर’ हटाउन भएको ढिलाइ र इन्धन सकिएपछि मर्मतमा चुनौती सिर्जना भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो ।

‘तिल्केनीचौर–पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने र फिलिङ गर्न डोजर, लोडर, ब्याकहो लोडर, टिपर चलाउन डिजेलको अभाव भएको छ’, उहाँले भन्नुभयो, ‘तिल्केनीचौरमा टावर हटाउन भएको ढिलाइले दुई दिनदेखि सडक बनाउने काम प्रभावित बनेको छ ।’

मुस्ताङतर्फबाट इन्धन ढुवानी गर्न अन्तरजिल्ला समन्वय, टावर हटाउन राहुघाट जलविद्युत् आयोजनामार्फत माथिल्लो निकायमा पहल र उच्चस्तरीय टोलीबाट पहिरो प्रभावित सडकको निरीक्षण गरेर सहजीकरण भएको प्रमुख शर्माले उल्लेख गर्नुभयो ।

रघुगङ्गाको पिप्ले–भगवती–बेग हुँदै बेगखोला जोड्ने वैकल्पिक बाटो खुलाएर साना गाडी सञ्चालन र इन्धन ढुवानीका लागि काम भइरहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको प्राविधिक टोलीले अस्ति शुक्रवार पहिरोबाट प्रभावित सडकको निरीक्षण गरेर मर्मतका लागि स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाएकाे थियाे ।

राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजबहादुर विष्टले टावर हटाउने विषयमा आफ्नो तहबाट निर्णय गर्न नसकिने भएकाले माथिल्लो निकायको स्वीकृति लिनुपर्ने बाध्यता रहेकाले त्यसकाे बारेमा जानकारी नबुझी सुरक्षाकर्मी परिचालन नगर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

तिल्केनीचौरमा राहुघाट जलविद्युत् आयोजनाको विद्युत‍्गृहबाट पानी फाल्न बनाइएको ‘टेलरेस डक’, सडक, निर्माण कम्पनीका उपकरण तथा क्याम्पमा बाढीले कटान गरेर क्षति पुर्‍याएको छ । राहुपारे, सिरुवारी, कुनौटा, महभीर, भीरकाटे, धिरच्याङ र रातोपानीमा सडक कटान गरेको छ भने पोखरेबगरको सडक पुलको पहुँचमार्ग बाढीले बगाएको छ ।

रसुवा र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि एक मात्र विकल्प बनेको कोरला नाकासँगको यातायात सम्पर्क पनि सडक अवरुद्ध भएपछि टुटेको छ । मुख्य याममा पर्यटकीय गतिविधि ठप्प भएकाले बेनी–जोमसोम सडक खुलाउन सरकारले उच्च प्राथमिकता दिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनमा ई–स्पोर्ट्सको नयाँ कार्यसमितिः सुशिल कार्कीको नेतृत्वमा जिल्ला समिति गठन

भरतपुर, असोज १७ – परम्परागत खेलकुदसँगै प्रविधिमा आधारित खेलको सम्भावना पनि विस्तार हुँदै गएको बेला चितवनमा ई–स्पोर्ट्स संघ जिल्ला समिति गठन भएको छ। भरतपुर कभर्डहलमा शनिबार आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति गठन गरिएको हो। नवगठित समितिको अध्यक्षमा सुशिल कार्की चयन भएका छन्। उपाध्यक्षमा आशिष सुबेदी र...

चितवनमा विद्युतीय सवारी सम्बन्धी सचेतना कार्यक्रम, धेरैजसो इभी सवारी दुर्घटना मानविय कारण

चितवन, असोज १७– चितवनमा विद्युतीय सवारी साधान सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । चितवन अटोमोबाइल डिलर एशोसियशन (काडा)ले आज (शनिबार) व्यवसायी तथा सेवाग्राहीलाई विद्युती गाडी प्रयोग सम्बन्धी जानकारी दिएको हो । पछिल्लो समय विद्युतीय सवारी साधनमा नकरात्मक हल्ला फैलिएपछि व्यवसायी तथा सेवाग्राहीलाई यसको गुणस्तर तथा विशेषताको विषयमा जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले...

दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

काठमाण्डाै – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार १८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाण्डाैतर्फ गुडिरहेको बस बिहान विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्नेमा रहेको एसमोडमा पल्टिएको थियो । दुर्घटनामा परेर बसका चालक बाँकेको खजुरा गाउँपालिका–२ का सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का दीपेन्द्र...

बेनी–जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

काठमाण्डाै – गएकाे हप्ताकाे वर्षापछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढी पहिरोले मालढुङ्गाबाट घाँसासम्म झन्डै ५० किलोमिटर दूरीमा ४६ भन्दा धेरै ठाउँमा सडक अवरुद्ध भएको थियो । मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग...

कांग्रेस महाधिवेशन : देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने

काठमाण्डाै – नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । महाधिवेशनस्थलमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो । चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यस पटक पूर्वसभापति शेरबहादुर देउवामार्फत गराउने प्रयास गरिएको छ । तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०