"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

कर्मचारीको तलब बढ्ने निश्चित, श्रेणीको पुनर्संरचना अझै अन्योलमा

तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढ्ने निश्चित भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलब वृद्धिको घोषणा गर्ने भएका हुन्। लामो समयदेखि कर्मचारीको तलब नबढेको तथा निजी क्षेत्रसँगको तुलनामा सरकारी सेवाप्रतिको आकर्षण घट्न थालेको भन्दै तलब तथा सुविधा बढाउन आवश्यक रहेको निष्कर्षमा बजेट टिम पुगेको हो। तलब बढाउनै पर्ने विषयमा...
Read more

एसियामा ऊर्जा संकटको आँधी र रुसी रणनीति

मे २०२६ पछि एसिया एकैसाथ उत्पन्न हुने अनेकौँ संकटहरूको केन्द्रबिन्दु बन्ने छ । हाल फिलिपिन्सले ऊर्जा आपूर्तिसम्बन्धी राष्ट्रिय संकटकाल घोषणा गरेको छ । अघिल्ला झट्काहरूबाट मुस्किलले उकासिन थालेको श्रीलङ्का अहिले, जहाँबाट भएपनि पेट्रोलियम लिने प्रयासमा छ । तर सबैको शर्त के छ भने पेट्रोलियम पदार्थ होर्मुज जलडमरुको नाकाबन्दीभन्दा बाहिरबाट आउनुपर्छ । हङकङ र सियोलका शेयर...
Read more

हप्ताको पहिलो कारोबार दिन आज सुनचाँदीको भाउ घट्यो

हप्ताको पहिलो कारोबार दिन आज सुनचाँदीको भाउ घट्यो काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन आज सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेको छ ।  अस्ति शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँ रहेको सुनको भाउ आज २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
Read more

चिनियाँ इन्जिनियरहरूले पाकिस्तानमै गएर भारत विरूद्धको युद्धमा सघाएको खुलासा

गत वर्ष भारतसँग भएको युद्धका क्रममा पाकिस्तानलाई चीनले प्रत्यक्ष प्राविधिक सहयोग गरेको खुलासा भएको छ। पहलगाममा आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएपछि भारतले मे ७ मा पाकिस्तानमा हमला गरेको थियो। पाकिस्तानले जबाफी हमला गर्दा चिनियाँ इन्जिनियरहरू पाकिस्तानमै उपस्थित भएर लडाकू विमान परिचालनमा सहयोग गरेको खुलासा भएको हो। चीनको सरकारी सञ्चार संस्था साउथ...
Read more

अख्तियारमा उजुरी परे पनि विद्यार्थीलाई ल्यापटप !

रत्ननगर । गत वर्ष मावि गबैका २१ जना विद्यार्थीलाई ल्यापटप दिँदा खैरहनी वडा नं–१३ का वडाध्यक्ष कुलप्रसाद भूषालविरूद्ध अख्तियारमा उजुरी प¥यो । विद्यार्थीको आवश्यकता र कानुनसम्मत भएका कारण अख्तियारमा हालेको उजुरीले खासै असर गरेन । मुद्दा सजिलै टुङ्गियो । वडाध्यक्ष भूषालले गलत काम गरेका थिएनन्, खालि उनले गरेको उदाहरणीय काम रोक्ने प्रयास गरिएको थियो ।...
Read more

जाजरकोटमा पूर्वाधार विस्तार : दुई पुल शिलान्यास, लामतडा ट्रष्ट ब्रीज उद्‌घाटन 

काठमाडौँ — जाजरकोटमा एकैदिन दुईवटा सडक पुलको शिलान्याश भएको छ भने एक ट्रष्टब्रीज पुलको उद्‌घाटन भएको छ । शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले छेडागाड नगरपालिका–१० र ११ जोड्ने लम्ती खोला सडक पक्की पुल निर्माणको शिलान्यास गरेका छन् ।  यस्तै शिवालय गाउँपालिका–२ र ८ जोड्ने दुई पिपल सडक पुल निर्माणको पनि...
Read more

तेस्रो मुलुकबाट ल्याएर खानेतेल भारत पठाउँदै नेपाली उद्योग

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको वैदेशिक व्यापारमा खानेतेल आयात अस्वाभाविक रुपमा बढेको छ । भन्सार विभागको पछिल्लो विस्तृत तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) मा मात्रै नेपालले १ खर्ब ४५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको खाने तेल तथा तेलजन्य वस्तु आयात गरेको छ । विभागकाअनुसार यस अवधिमा कुल...
Read more

नेपाल एयरलाइन्सको सञ्चालक नियुक्ति विवादमा, पर्यटनमन्त्रीको निर्णयविरुद्ध उजुरी

काठमाडौँ । नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख ३१ गते कास्कीका डा दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँका रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।  विभागीय मन्त्री खडक राज पौडेल (गनेस)को...
Read more

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, ओलीको अडान कायमै

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, ओलीको अडान कायमै काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टी भित्रबाट दबाब बढेको छ ।  हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनको लागि पद त्याग गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन् । उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाड्न...
Read more

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’लाई ‘जुरी प्राइज’

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’लाई ‘जुरी प्राइज’ काठमाण्डौ –  विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले ‘जुरी प्राइज’ जितेको छ । फ्रान्समा भएको ७९औँ कान्स फिल्म फेस्टिभलमा यो फिल्मले दोस्रो महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’तर्फ क्लोजिङ सेरोमनीमा यो अवार्ड जितेको हो । अविनाशविक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्ट्स...
Read more
1 … 28 29 30 31 32 … 73

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०