"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

राप्तीमा स्व मातापिताको सम्झनामा छोर्तेन तथा स्तुपा निर्माण गरिने

राप्ती / पूर्वी चितवन राप्ती नगरपालिका वडा न ७ मा स्थित साँघ छेवाङ्ग टासी बौद्ध गुम्बा परिसरमा बौद्ध धर्मका अनुयायीहरूका लागि आस्थाका धरोहर २ स्तुपा, चैत्य छोर्तेन निर्माण हुने भएको छ । स्वर्गीय माता पिता बुद्धि कुमारी नेगी तामाङ् र आइते सिंह रुम्बा लामाको सम्झनामा उनका छोरा बुहारीहरुले उक्त चैत्य तथा छोर्तेन निर्माण गर्न लागिएको...
Read more

भण्डारामा बिमला मेकअप स्टुडियो सञ्चालनमा

चितवनको राप्ती नगरपालिका भण्डारामा शनिबारदेखि बिमला मेकअप स्टुडियो सञ्चालनमा आएको छ । सौन्दर्य पेशामा एक दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी बिमला पाठक डल्लाकोटीले भण्डारामा आफ्नो दोस्रो शाखा विस्तार गरेकी हुन् । यसअघि मनहरीमा विगत १० वर्षदेखि सफलतापूर्वक पार्लर सञ्चालन गर्दै आएकी डल्लाकोटीले स्थानीय महिलालाई लक्षित गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भण्डारामा नयाँ स्टुडियो...
Read more

राप्तीमा महिला बेचबिखन र हिंसा विरुद्ध सामूहिक प्रतिवद्धता

थ्रि एन्जल्स नेपालको वार्षिक समिक्षामा जनप्रतिनिधि, विद्यालय र सुरक्षा निकायको एकता राप्ती नगरपालिका भित्र महिला बेचबिखन तथा महिला हिंसा विरुद्ध साझा प्रतिवद्धतासहित अघि बढ्ने अठोट स्थानीय जनप्रतिनिधिहरुले व्यक्त गरेका छन्। महिला बेचबिखन विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालद्वारा आयोजित वार्षिक समिक्षा कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले महिलाको सुरक्षा, संरक्षण र सशक्तिकरणका लागि संस्थागत...
Read more

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

राप्ती,माघ ८- पुर्वी चितवनको राप्ती-५,भण्डारास्थित श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन भएको छ । बुधबार भएको सो वन समूहको २०औं वार्षिक साधारणसभाले सन्देश घलानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सो समितिका अन्य पदाधिकारी भने यथावत रहने भएका छन। जस अन्तर्गत,हाल सो वन समुहको उपाध्यक्षमा आइतिमाया तामाङ,कोषाध्यक्षमा शान्ति कुँवर थापा,सह- सचीवमा...
Read more

राप्ती नगरपालिकाको हिउँदे नगर सभा : आर्थिक ऐन संसोधन सहित एक विधेयक पारित

राप्ती । चितवनको राप्ती नगरपालिकाले बुधवार हिउँदे अधिवेशनका रुपमा १६औँ नगरसभा सम्पन्न गरेको छ । हिउँदे नगर सभाले आर्थिक ऐन संसोधन सहित एक विधेयक पारित गरेको छ । नगर सभाले आ.व. २०८२/०८३ को आर्थिक ऐन, विनियोजन ऐन, बजेट तथा कार्यक्रम संशोधन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०८२ पारित गरिएको...
Read more

चेपाङ बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग

बाग्मती पुस ८, २०८२ रमेशकुमार पौडेल चितवन — पहाडी गाउँ कान्दाको कान्देश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरीका साथै न्यानो लुगा र खाजा सहयोग पाएका छन् । राप्ती नगरपालिका–१३ मा कान्दामा रहेको ८ कक्षासम्म संचालित उक्त विद्यालयमा चेपाङ समुदायका १६५ विद्यार्थी छन् । खैरहनीको फिटजोन पर्साले सहयोग सामग्री जुटाएर आइतबार कान्दामै गएर बालबालिकालाई उपलब्ध गरेको हो । कान्दामा लक्ष्मी...
Read more

नागरिकता बिना अस्तित्वः ‘म छु’ भन्न पनि प्रमाण खोज्दै यौनिक तथा लैंगिक अल्पसंख्यक

अशोक बहादुर परियार । भरतपुर नागरिकता कार्यालयको ढोकाबाहिर उभिँदा उनी सधैं एउटै प्रश्नसँग जुध्छिन्— “म को हुँ भनेर राज्यले कहिले स्वीकार गर्छ?”आफू जे हुँ, त्यो बन्न संविधानले अधिकार दिएको छ। तर त्यो अधिकार कागजमै सीमित हुँदा, जीवन भने पहिचानविहीन बन्न पुग्छ। यो पीडा कुनै एक व्यक्तिको मात्र होइन, नेपालका सयौँ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका...
Read more

सामाजिक क्षेत्रमा योगदान दिनेलाई अवार्ड

राप्ती । हाम्रो राप्ती एफएम र विशाल न्युजले समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुलाई चौथो विशाल अवार्डमार्फत सम्मान गरेको छ । राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिङ्गर विधाबाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयरबाट अञ्जु कार्की, युवा उद्यमी अफ द इयरबाट प्रदीप शर्मा तथा युथ आइकन अफ द इयरबाट सुमिना चौधरीलाई अवार्ड...
Read more

राप्तीमा तालाबन्दी, नागरिकको नौ बुँदे ज्ञापन प्रमुख जिल्ला अधिकारीलाई

चितवन, असोज २४ ।राप्ती नगरपालिकामा देखिएको दीर्घकालीन बेथिति र प्रशासनिक अव्यवस्थाको विरोधमा स्थानीय सचेत नागरिक र युवा समुदायले तालाबन्दी गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई नौ बुँदे ज्ञापनपत्र बुझाएका छन्।मिति २०८२ असोज २३ गतेदेखि नगरपालिका कार्यालयको प्रमुख प्रशासनिक भवनमा तालाबन्दी गरिएको हो। आन्दोलनरत समूहले राप्ती नगरपालिकामा लामो समयदेखि “गैरजिम्मेवार र अनियमित प्रशासनिक गतिविधि” को कारण...
Read more

राप्तीमा तालाबन्दी : मेयरले माफी नमागेसम्म तालो नखुल्ने चेतावनी

भण्डारा,असोज २३ । राप्ती नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलीबीचको विवाद चर्किएपछि स्थानीयले नगरपालिका कार्यालयमै तालाबन्दी गरेका छन् । कार्यालयमा तालाबन्दी भएपछि नगरका दैनिक प्रशासनिक कार्य, भुक्तानी प्रक्रिया र जनसेवासँग सम्बन्धित सम्पूर्ण काम ठप्प बन्ने अवस्थामा पुगेको छ । नगर प्रमुख शमशेर लामाले प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वली विच विवाद बढेपछि...
Read more
1 2 3 4 5

Trending News

Editor's Picks

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता, २८ जनाले त्यागे

चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा वंशजका आधारमा नागरिकता जारी गरिएको...

मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन आउँदै,भूमिहीन,सुकुम्बासी र सहकारीपीडितसंग छलफल गर्ने

चितवन,कात्तिक ७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्रमणमा आउनुहुने भएको छ। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्नुहुनेछ। साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ। नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले कात्तिक तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा...

एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा

काठमाण्डौ – पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।कर्णाली याक्समा अनुबन्ध भएका उनी आज नेपाल आएका हुन् । क्लबले हिजो ३० वर्षीय शीर्षक्रमका फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन् । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो...

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०