"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सामाजिक क्षेत्रमा योगदान दिनेलाई अवार्ड

Table of Content

राप्ती । हाम्रो राप्ती एफएम र विशाल न्युजले समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुलाई चौथो विशाल अवार्डमार्फत सम्मान गरेको छ ।

राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिङ्गर विधाबाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयरबाट अञ्जु कार्की, युवा उद्यमी अफ द इयरबाट प्रदीप शर्मा तथा युथ आइकन अफ द इयरबाट सुमिना चौधरीलाई अवार्ड प्रदान गरिएको हो ।

यस्तै, राप्ती रत्न अवार्ड राजेन्द्रप्रसाद सिलवाल र राप्ती हिरो अवार्ड बालकृष्ण थपलियालाई प्रदान गरिएको हाम्रो राप्ती एफएमकी प्रबन्ध निर्देशक सुष्मा आलेमगरले जानकारी दिइन् । उत्कृष्ट महिला जनप्रतिनिधि विधा ग्रेस तामाङ र महिला उद्यमी अफ द इयर सीता गुरूङलाई प्रदान गरिएको उनले बताइन् ।

अवार्ड वितरण समारोहमा भूमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिंह लामा, राप्ती नगरपालिका वडा नं–३ का अध्यक्ष शिवकान्त वली, वडा नं–५ का अध्यक्ष सीताराम बललगायत विभिन्न तहमा रहेका जनप्रतिनिधिसँगै अधिकारकर्मी एवम् शैक्षिक व्यक्तिहरुको उपस्थिति थियो ।

राप्ती नगरपालिका र हेटौँडा उपमहानगरपालिकाको प्रवद्र्धनमा भएको कार्यक्रमले आगामी दिनको यात्रा अझ सहज बनेको आलेले बताइन् । ‘आगामी दिनमा पनि समाजमा सकारात्मक योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने यसप्रकारको कार्यक्रमले निरन्तरता पाउने छ’, उनले भनिन्, ‘किनकि समाजमा योगदान पु¥याउने व्यक्तिहरुलाई प्रोत्साहन गर्नका लागि पनि यस्ता कार्यक्रमले विशेष भूमिका खेल्ने गर्दछ ।’

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चेपाङ केन्द्रभित्र फलफूल तथा तरकारी उत्पादन

रत्ननगर । नेपाली समाज सदियौँदेखि खेतीपातीबाट गुज्रिँदै आएको समाज हो । विकसित समाजमा भने खेतीपातीका अनेक विकल्प अपनाउन थालिएको छ । चितवनको पहाडी क्षेत्रलाई हेर्ने हो भने खेतीपाती पनि पर्याप्त नहुँदा त्यस क्षेत्रमा बसोवास गर्ने विपन्न समुदाय वर्तमान अवस्थामा पनि अनिकालको चपेटामा छन् । खोरियाबारीमा राम्रो उत्पादन नहुने र रोजगारको विकल्प नहुँदा चेपाङ समुदायले आफ्ना...

बुटवल–पाल्पा सुरुङमार्गमा आउँदो असोजदेखि गाडी सञ्चालन गर्ने तयारी, सुरुङको ६८ भौतिक प्रगति पुरा

बुटवल–पाल्पा सुरुङमार्गमा आउँदो असोजदेखि गाडी सञ्चालन गर्ने तयारी, सुरुङको ६८ भौतिक प्रगति पुरा काठमाण्डौ — सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्ग भित्रका संरचना निर्माण, सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८...

आज सुनचाँदीको भाउ बढ्यो,सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार

आज सुनचाँदीको भाउ बढ्यो,सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो । हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेकोमा आज १ हजार ९ सय रूपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ८...

हावाहुरीका कारण रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानमा प्राधिकरण प्रयासरत

हावाहुरीका कारण रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानमा प्राधिकरण प्रयासरत काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढलेका कारण देशका केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले जतिसक्दो छिटो समाधानको प्रयासमा प्राविधिक टोली खटिएको पनि जानकारी दिए । ‘तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख...

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।  दुईटोलिबीचको खेल भारतको गोवामा रहेको जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो पौने ५ बजेदेखि हुनेछ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् । नेपाल प्रतियोगिताको ६ पटकको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०