"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

हप्ताको पहिलो कारोबार दिन आज सुनचाँदीको भाउ घट्यो

हप्ताको पहिलो कारोबार दिन आज सुनचाँदीको भाउ घट्यो काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन आज सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेको छ ।  अस्ति शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँ रहेको सुनको भाउ आज २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
Read more

चिनियाँ इन्जिनियरहरूले पाकिस्तानमै गएर भारत विरूद्धको युद्धमा सघाएको खुलासा

गत वर्ष भारतसँग भएको युद्धका क्रममा पाकिस्तानलाई चीनले प्रत्यक्ष प्राविधिक सहयोग गरेको खुलासा भएको छ। पहलगाममा आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएपछि भारतले मे ७ मा पाकिस्तानमा हमला गरेको थियो। पाकिस्तानले जबाफी हमला गर्दा चिनियाँ इन्जिनियरहरू पाकिस्तानमै उपस्थित भएर लडाकू विमान परिचालनमा सहयोग गरेको खुलासा भएको हो। चीनको सरकारी सञ्चार संस्था साउथ...
Read more

अख्तियारमा उजुरी परे पनि विद्यार्थीलाई ल्यापटप !

रत्ननगर । गत वर्ष मावि गबैका २१ जना विद्यार्थीलाई ल्यापटप दिँदा खैरहनी वडा नं–१३ का वडाध्यक्ष कुलप्रसाद भूषालविरूद्ध अख्तियारमा उजुरी प¥यो । विद्यार्थीको आवश्यकता र कानुनसम्मत भएका कारण अख्तियारमा हालेको उजुरीले खासै असर गरेन । मुद्दा सजिलै टुङ्गियो । वडाध्यक्ष भूषालले गलत काम गरेका थिएनन्, खालि उनले गरेको उदाहरणीय काम रोक्ने प्रयास गरिएको थियो ।...
Read more

जाजरकोटमा पूर्वाधार विस्तार : दुई पुल शिलान्यास, लामतडा ट्रष्ट ब्रीज उद्‌घाटन 

काठमाडौँ — जाजरकोटमा एकैदिन दुईवटा सडक पुलको शिलान्याश भएको छ भने एक ट्रष्टब्रीज पुलको उद्‌घाटन भएको छ । शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले छेडागाड नगरपालिका–१० र ११ जोड्ने लम्ती खोला सडक पक्की पुल निर्माणको शिलान्यास गरेका छन् ।  यस्तै शिवालय गाउँपालिका–२ र ८ जोड्ने दुई पिपल सडक पुल निर्माणको पनि...
Read more

तेस्रो मुलुकबाट ल्याएर खानेतेल भारत पठाउँदै नेपाली उद्योग

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको वैदेशिक व्यापारमा खानेतेल आयात अस्वाभाविक रुपमा बढेको छ । भन्सार विभागको पछिल्लो विस्तृत तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) मा मात्रै नेपालले १ खर्ब ४५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको खाने तेल तथा तेलजन्य वस्तु आयात गरेको छ । विभागकाअनुसार यस अवधिमा कुल...
Read more

नेपाल एयरलाइन्सको सञ्चालक नियुक्ति विवादमा, पर्यटनमन्त्रीको निर्णयविरुद्ध उजुरी

काठमाडौँ । नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख ३१ गते कास्कीका डा दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँका रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।  विभागीय मन्त्री खडक राज पौडेल (गनेस)को...
Read more

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, ओलीको अडान कायमै

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, ओलीको अडान कायमै काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टी भित्रबाट दबाब बढेको छ ।  हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनको लागि पद त्याग गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन् । उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाड्न...
Read more

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’लाई ‘जुरी प्राइज’

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’लाई ‘जुरी प्राइज’ काठमाण्डौ –  विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले ‘जुरी प्राइज’ जितेको छ । फ्रान्समा भएको ७९औँ कान्स फिल्म फेस्टिभलमा यो फिल्मले दोस्रो महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’तर्फ क्लोजिङ सेरोमनीमा यो अवार्ड जितेको हो । अविनाशविक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्ट्स...
Read more

घलान चोक युवा समाजको श्रमदानबाट एकल जेष्ठ महिलाको घरमा नयाँ छाना

चितवन, राप्ती । राप्ती नगरपालिका अन्तर्गत घलान चोक युवा समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत एकल जेष्ठ महिला लाल माया तामाङको घरमा नयाँ छाना हाल्ने कार्य सम्पन्न गरेको छ। लामो समयदेखि पुरानो तथा जीर्ण जस्ताका कारण वर्षाको पानी घरभित्र पस्ने समस्याबाट पीडित तामाङलाई राहत पुग्ने गरी युवाहरूले सामूहिक पहल गरेका हुन्। वडाको “विपन्न परिवारलाई जस्तापाता वितरण” शीर्षक...
Read more

पोखरा महानगर क्षेत्रभित्र ८१ हजार रोपनी भन्दा धेरै सार्वजनिक जग्गा

पोखरा महानगर क्षेत्रभित्र ८१ हजार रोपनी भन्दा धेरै सार्वजनिक जग्गा काठमाण्डौ – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र ८१ हजार रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ । महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जङ्गलसहितको विवरण सङ्कलन गर्दा ८१ हजार एक सय ५५ रोपनी  सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो...
Read more
1 … 22 23 24 25 26 … 73

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०