काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
१९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स रहेका छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, मलेशिया र श्रीलङ्का रहेका छन् ।
प्रतियोगिता कात्तिक २८ गतेसम्म चल्नेछ । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २० गते भारतसँग खेल्नेछ ।
यस्ताे छ नेपाली टोली –
- विपिनकुमार शर्मा
- निरजकुमार यादव
- प्रसिद्ध जैशी
- सोहेल कुँवर
- दर्श सोनार
- रोहित चन्द
- निश्चल क्षेत्री
- आशिष लुहार
- रोशन शाही
- सूर्यांशु कोइराला
- अभय यादव
- सुशीलबहादुर रावल
- नितेशकुमार पटेल
- शुभम् खनाल
- सचिन भट्ट
