"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपालले न्युयोर्कमा गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम

Table of Content

काठमाण्डौ – जलवायु परिवर्तनको विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम गरेको छ ।

नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास आवश्यक रहेकामा जोड दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा ‘सगरमाथा टु द सीः अ कल टु एक्सन फर अ क्याइमेट रेजिलियन्ट फ्युचर’ शीर्षकमा नेपालले आज विशेष कार्यक्रम गरेको हो । कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले हिमाल, नदी, समुद्र तथा तटीय क्षेत्रलाई एउटै पारिस्थितिक प्रणालीका रूपमा हेर्नुपर्ने बताउनुभयो ।

मन्त्री खनालले हिमालय क्षेत्र ध्रुवीय क्षेत्रबाहेक विश्वको सबैभन्दा विशाल हिम भण्डार भएको वास्तविकता सुनाउँदै यस क्षेत्रबाट ६३ हजार ७०० भन्दा बढी हिमनदी बग्ने गरेका बताउनुभयो । पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको झण्डै एकतिहाइ भाग गुमाइसकेको बताउँदै उहाँले हिमनदीको ह्रासबाट तल्लो तटीय क्षेत्रका समुदायलाई असर पारिरहेको बताएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री वालेन्द्र शाह आज बेलुका स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँले हिजो बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्नुभएको थियो ।

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलसहित गएको मंगलबार बेलुका अमेरिका प्रस्थान गर्नुभएको थियो । महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Cric-team-1790403067

एशियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने

जापानमा चलिरहेको २०औँ एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजाविहिन भएसँगैसमूह विजेता बन्दै...
shisir-khanal-3-1790397348

नेपालले न्युयोर्कमा गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम

काठमाण्डौ – जलवायु परिवर्तनको विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक...
flights-1790401168

विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्र अग्रस्थानमा

अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल (कनेक्टिभिटी) मा एशिया–प्रशान्त क्षेत्रका विमानस्थलले विश्वमै अग्रणी स्थान ओगटेका छन् ।...
mausam-1790213737

जमिनी सतहमा प्रवेश गर्‍यो ठूलो पानी पार्ने प्रणाली, कति बलियो छ?

बंगालको खाडीमा विकसित भएको ठूलो वर्षा गराउने न्यूनचापीय प्रणाली जमिनको सतहमा प्रवेश गरेको छ। प्रणाली...
barsa-pani3-1727332316-1736729223

तीन दिनको मौसम : यी स्थानमा हुनेछ अति भारी वर्षा, हावाहुरी पनि चल्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०