"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्र अग्रस्थानमा

Table of Content

अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल (कनेक्टिभिटी) मा एशिया–प्रशान्त क्षेत्रका विमानस्थलले विश्वमै अग्रणी स्थान ओगटेका छन् । विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ‘ओएजी’ ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार विश्वका शिर्ष २० कनेक्टिभिटी भएका विमानस्थलमध्ये ८ वटा एशिया–प्रशान्त क्षेत्रकै परेका छन् ।

ओएजीद्वारा जारी ‘मेगाहब्स’ प्रतिवेदनअनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल विश्वभरमै चौथो तथा समग्र एशियाली क्षेत्रमा पहिलो स्थानमा रहेको छ । क्वालालम्पुर विमानस्थलबाट अहिले विश्वका १५४ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा प्रत्यक्ष हवाई सम्पर्क कायम हुँदै आएको प्रतिवेदनले जनाएको छ । यसले दक्षिणपूर्वी एशियाली उड्डयन बजारलाई विश्व सञ्जालसँग जोड्न खेलेको रणनीतिक भुमिकालाई पुष्टि गर्छ ।

प्रतिवेदन अनुसार एशिया–प्रशान्त क्षेत्रका शीर्ष १० विमानस्थलमा कुनै एउटा मात्र प्रमुख वायुसेवा कम्पनीको एकाधिकार न्युन रहेको छ । यहाँका शीर्ष विमानस्थलहरूमा प्रमुख विमान कम्पनी (डोमिनेन्ट क्यारियर) को औसत हिस्सा ३३ प्रतिशत मात्र रहेको छ, जुन विश्वका अन्य विकसित क्षेत्रहरूको तुलनामा निकै कम हो । यसले उड्डयन बजारमा एकल वर्चश्वको सट्टा तिब्र र स्वस्थ प्रतिस्पर्धा रहेको जनाउँछ ।

ओएजीका विश्लेषकहरूकाअनुसार दक्षिणपूर्वी तथा उत्तरपूर्वी एशियाली देशहरुमा पूर्ण–सेवा प्रदायक तथा बजेट एयरलाइन्स (लो–कस्ट क्यारियर) दुवैको सन्तुलित र प्रभावकारी उपस्थिति रहेको छ । विभिन्न वर्ग र आवश्यकताका यात्रुहरूलाई लक्षित गरी सञ्चालन गरिएका यी विविध वायुसेवा कम्पनीहरूको उपस्थितिले गर्दा नै यस क्षेत्रमा हवाई सम्पर्क सञ्जाल सर्वाधिक फराकिलो र सुदृढ बन्न पुगेको निष्कर्ष प्रतिवेदनको रहेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Cric-team-1790403067

एशियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने

जापानमा चलिरहेको २०औँ एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजाविहिन भएसँगैसमूह विजेता बन्दै...
shisir-khanal-3-1790397348

नेपालले न्युयोर्कमा गर्‍यो ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम

काठमाण्डौ – जलवायु परिवर्तनको विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक...
flights-1790401168

विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्र अग्रस्थानमा

अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल (कनेक्टिभिटी) मा एशिया–प्रशान्त क्षेत्रका विमानस्थलले विश्वमै अग्रणी स्थान ओगटेका छन् ।...
mausam-1790213737

जमिनी सतहमा प्रवेश गर्‍यो ठूलो पानी पार्ने प्रणाली, कति बलियो छ?

बंगालको खाडीमा विकसित भएको ठूलो वर्षा गराउने न्यूनचापीय प्रणाली जमिनको सतहमा प्रवेश गरेको छ। प्रणाली...
barsa-pani3-1727332316-1736729223

तीन दिनको मौसम : यी स्थानमा हुनेछ अति भारी वर्षा, हावाहुरी पनि चल्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०