"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

तीन दिनको मौसम : यी स्थानमा हुनेछ अति भारी वर्षा, हावाहुरी पनि चल्ने

Table of Content


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ ।

यो प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको र त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

हाल कोसी, मधेस र वाग्मती प्रदेशका धेरै, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस तथा कोसी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

बिहीबार राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानका साथै मधेस प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । मधेश, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

शुक्रबार दिउँसो कोसी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

शुक्रबार राति देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ । मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकीका एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

शनिबार राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ । मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका तराई भू-भागका केही स्थानमा हावाहुरी चल्ने महाशाखाको पूर्वानुमान छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०