"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जमिनी सतहमा प्रवेश गर्‍यो ठूलो पानी पार्ने प्रणाली, कति बलियो छ?

Table of Content

बंगालको खाडीमा विकसित भएको ठूलो वर्षा गराउने न्यूनचापीय प्रणाली जमिनको सतहमा प्रवेश गरेको छ।

प्रणाली भारतको विशाखापट्टनम आसपासबाट जमिनमा प्रवेश गरेको देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेबिट ढकालले जानकारी दिए।

उत्तरी अन्दमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्रमा (डिप डिप्रेसन)मा परिणत भएको थियो।

‘अहिले भारतीय क्षेत्रमा जमिनको सतहमा प्रवेश गरेकोजस्तो देखिएको छ,’ मौसमविद ढकालले सेतोपाटीसँग भने।

त्यसको प्रभाव नेपालको भूभागमा देखिएको छ।

‘पछिल्लो १२ घण्टामा विशेष गरी लुम्बिनी प्रदेश आसपासमा भारीदेखि धेरै भारी वर्षा भएको देखिन्छ भने कोशी प्रदेशमा पनि भारी वर्षा भएको छ। गण्डकी प्रदेश आसपासमा पनि भारी वर्षा भएको देखिन्छ,’ उनले भने।

महाशाखाको वेबसाइटमा अद्यवधिक विवरण अनुसार पछिल्लो १२ घन्टामा कपिलवस्तुको भगवानपुरमा १२३ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै मैनारमा ११७.८ मिलिमिटर, अर्घाखाँचीको सिमलपानीमा ९१.४ मिलिमिटर, पाल्पाको बल्ड्याङगढीमा १३१ मिलिमिटर वर्षा मापन भएको छ।

तनहुँ, कास्की, सिन्धुपाल्चोक, खोटाङ, संखुवासभामा पनि भारी वर्षा भएको छ।

Screenshot-2026-09-24-071759-1790213623.png

जमिनी सतहमा प्रवेश गरेपछि यो कति बलियो हुन्छ र कति ठूलो पानी पार्छ भन्ने चासो छ।

मौसमविद ढकालका अनुसार नेपालमा सिधै प्रणाली प्रवेश गर्ने होइन। भारतको जमिनी सतहमा आएको प्रणालको असर नेपालमा पर्ने हो।

‘अहिले ‘डिप डिप्रेसन’कै रूपमा भारतीय भूभागमा प्रवेश गरेको छ। अब यसमा थप शक्ति विकास हुने सम्भावना नरहेको र क्रमशः कमजोर हुँदै डिप्रेसनमा परिणत हुने देखिएको उनले बताए।

‘अहिले हेर्दाखेरि यो जमिनको सतहमा प्रवेश गरेको जस्तो देखिन्छ। अब यसको वृद्धि विकास हुँदैन। अहिले डिप डिप्रेसनको रूपमा प्रवेश गरेको छ र बिस्तारै डिप्रेसनमा कन्भर्ट हुने, अर्थात् अझै कमजोर हुने देखिन्छ,’ ढकालले भने।

उनका अनुसार आज र भोलि पनि वर्षाको गतिविधि बढ्ने सम्भावना छ।

आज कोशीदेखि लुम्बिनीसम्मका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको र भोलि यसको प्रभाव कर्णाली प्रदेशसम्म देखिन सक्ने उनले बताए।

त्यसपछिको दिनमा भने विशेषगरी लुम्बिनी र कर्णाली आसपास वर्षा बढी केन्द्रित हुने सम्भावना रहेको छ।

उनका अनुसार केही मौसम मोडलमा अत्यन्तै भीषण वर्षाको संकेत देखिए पनि अहिलेको अवस्था हेर्दा त्यस्तो चरम वर्षा हुने सम्भावना देखिएको छैन।

‘धेरै नै आत्तिहाल्नुपर्ने अवस्था होइन। वर्षाको गतिविधि हुन्छ। सतर्कता भने अपनाउनुपर्छ,’ उनले भने।

तर यसलाई सामान्य रूपमा लिन नहुने पनि उनले बताए। लगातारको मनसुनी वर्षाले जमिन पहिल्यै भिजेको अवस्थामा रहेकाले थप वर्षाले कमजोर भूभागमा पहिरो तथा बाढीको जोखिम बढाउन सक्ने उनको भनाइ छ।

सहरी र तराई क्षेत्रमा डुबानको जोखिम पनि रहन सक्ने भएकाले सतर्कता अपनाउन उनले सुझाव दिए।

‘कमजोर भूभागहरूमा पहिरो जाने, बाढी आउने, सहरी तथा तराई भूभागमा वर्षा गतिविधिका कारण डुबान हुन सक्ने देखिन्छ,’ ढकालले भने, ‘पहिले पानी परेर भिजिसकेका स्थानहरूमा सतर्कता अपनाउनुपर्ने देखिन्छ।’

आज पनि देशका अधिकांश भूभागमा मौसम बदली रहने र वर्षाको सम्भावना रहेको उनले बताए। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी आसपासमा बाक्लो बादल रहने देखिएको छ।

काठमाडौंमा पनि आज वर्षाको सम्भावना रहेको छ। ढकालका अनुसार उपत्यकामा मध्यमसम्मको वर्षा हुने सम्भावना बढी छ भने एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०