नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम) सुस्ता गाउँपालिका वडा नं–३ पत्थरकलास्थित भित्रि सडकमा नेपालबाट भारततर्फ अवैधरुपमा भन्सार छली लैजान राखिएको ८०१ थान शालिग्राम बरामद गरेको छ ।
प्रहरी चौकी कुडियाबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला परेका ८०१ थान शालिग्राम बरामद गरेको हो । बरामद गरिएका शालिग्राम ढङ्गाहरुको अन्दाजी मूल्य ३ लाख २० हजार रुपैयाँ रहेको
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए । बरामद शालिग्राम महेशपुर भँसार कार्यालयमा बुझाउने कार्य भइरहेको उनले बताए ।
